गैंडाकोट १० भैसाखोरीमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रिको मृत्यु

0

गैंडाकोट, पुर्वी नवलपरासीको गैंडाकोट १० भैसाखोरीमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रिको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका १० भैसाखोरी स्थित सशस्त्र प्रहरीको क्याम्प नजिकै पहिचान नभएको सवारी साधनले ठक्कर दिदा एक पैदल यात्रिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आज बिहान करिब २ बजेको समयमा भएको सो दुर्घटनामा परि गैंडाकोट १० बस्ने ४५ वर्षिय अमरबहादुर बिकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने गाडिको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक दिवश जिसीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply