गैंडाकोट स्वाभिमान साकोसको आमा सेवा केन्द्रको शुभारम्भ

0


गैँडाकोट, २१ जेष्ठ । गैंडाकोट स्वाभिमान साकोसको आमा सेवा केन्द्र कार्यालय कालिगण्डकी चोक, गैडाकोट २ को सोमबार औपचारिक शुभारम्भ गरिएको छ । उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्य रहेको थियो । शुभकामना मन्तब्य दिदै मेयर पौडेलले गैडाकोट स्वाभिमान साकोसका सेवा तथा कार्यक्रमहरुले आफ्ना सदस्यहरुको आर्थिक सामाजिक उन्नतीमा टेवा पुर्याएको मा धन्यबाद ज्ञापन गर्नु भएको थियो भने आगामी दिनमा नगरपालिकाले मार्ग निर्देश गरेको गरिवी निवारणको क्षेत्रमा आफ्ना कार्यक्रमहरुलाई बिशेष रुपमा केन्द्रीत गर्न समेत सुझाव प्रदान गर्नु भएको थियो ।

संस्थाका प्रमुख ब्यबस्थापक रामचन्द्र सुबेदीले संचालन गर्नुभएको कार्यक्रममा आमा सेवा केन्द्र ब्यबस्थापन उप समितिका संयोजक केशवराज शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने गैडाकोट नगरपालिका वार्ड नं १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा र वडा नं २ का वडाध्यक्ष धु्रवराम पौडेलको बिशेष आतिथ्यता रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द सुबेदी, पुर्व अध्यक्षहरु धनबहादुर पौडेल, शुरेश पण्डित, सहकारी समन्वय मन्चका अध्यक्ष एवं यस साकोसका पूर्व अध्यक्ष बेदप्रसाद गौडेलको आतिथ्यता रहेको थियो ।

संस्थाका पुर्व अध्यक्ष समेत रहनुभएका बेदप्रसाद गौडेलले सहकारीको उर्वर भुमि गैडाकोट नगरपालिकालाई कार्य क्षेत्र निर्धारण गरि बित्तिय तथा गैर बित्तिय गतिबिधि संचालन गरिरहेको यस सहकारीले सहकारी अभियानमा समेत उल्लेख्य योगदान पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

एक्सेस ब्राण्ड लगायत अन्य पुरस्कार तथा सम्मानहरुले संस्थाको गरिमा बढाए संग संगै सदस्यहरु प्रतिको समर्पणलाई अझै जिम्मेवार पनि बनाएको प्रति चर्चा गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका कर्यबाहक अध्यक्ष श्री पोषण राज सुबेदीले सदस्यहरुलाई गुणस्तरीय बित्तिय सेवा प्रदान गर्न संस्था सधै प्रतिबद्ध र कृयाशिल रहने कुरामा प्रतिबद्धता ब्यक्त गर्दै उपस्थित सबै अतिथि, सदस्य, शुभचिन्तकहरु, संचालकहरु, कर्मचारीहरु,पुर्व संचालक एवं पूर्व अध्यक्षहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो । उक्त शुभारम्भको अवसरमा १३० जना नयाँ सदस्य बन्नुभएको थियो ।

२०७४ आश्विन २७ गते तत्कालिन आमा बचत तथा ऋण सहकारी संस्था र गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था बिच एकिकरण भई कायम भएको गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले उक्त आमा साकोसको कार्यलयलाई आमा सेवाकेन्द्र कार्यालयको रुपमा संचालन गरि सदस्यहरुलाई सेवा प्रदान गर्न उक्त कार्यालय संचालनमा ल्याएको हो ।

२०५० सालमा गैडाकोट युवा बचत तथा ऋण सहकारी सस्थाको नामबाट संचालन भएको संस्था हाल गैडाकोट नगरपालिका लाई कार्यक्षेत्र निर्धारण गरि गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको रुपमा ७५०० भन्दा बढी सदस्यहरु संग ६७ करोड भन्दा बढी पुजि परिचालन गरि सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक उन्नतीको लागि सक्रिय रहेको छ ।संस्थाले यो आमा सेवा केन्द्र कार्यालय समेत गरि हाल ३ वटा सेवा केन्द्र कार्यालय र १ बटा मुख्य कार्यालयबाट बित्तिय तथा गैर बित्तिय सेवाहरु संचालन गरिरहेको छ ।

एस्एम्एस् बैंकिङ ÷ मोवाइल एप्स लगायतका अत्याधुनिक प्रबिधियुक्त सेवाहरु समेत संचालनमा ल्याएको यस साकोस ले गुणस्तर सुनिश्चीत गराउने अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड – –(ACCESS BRONZE- 2017) समेत प्राप्त गरिसकेको छ भने धेरै निकायहरु बाट उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत र सम्मानित भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष पोषणराज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply