गैंडाकोट स्वाभिमान सहकारीले रजत जयन्ती भव्यताका साथ मनाउने

0

प्रेम क्षेत्री, गैंडाकोट । गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोटले रजत जयन्ती भव्यताका साथ मनाउने भएको छ ।

संस्थाले रजत जयन्ती मुल समारोह तथा मंसिर १५ गते साधारण सभा मनाउने निर्णय गरेको मंगलबार संस्थाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको छ । सो अवसरमा मधुमेह परिक्षण, नवदुर्गा आधारभुत विद्यालय बाघखोरका विद्यार्थीलाई न्यानो अभियान अन्र्तगत स्विटर वितरण, रक्तदान कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, गैंडाकोट पुल्चोकदेखी झराहीखोलासम्म मोटरसाईकल सहितको प्रभातफेरी आयोजना गरिएको जनाईएको छ । संस्थाका सचिव विष्णु पौडेलले संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा विभिन्न ६ वटा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थाका सचिव विष्णु पौडेलले आर्थिक सम्पन्नताका लागी खर्च गरेर बाँकी रहेको रकम हैन की, बरु बचत गरेर बाँकी रहेको रकम खर्च गर भन्ने उक्तिलाई सदस्यमाझ सम्प्रेशण गर्दै अघि वढेको बताउनुभयो । उहाँले संस्थामा ७४ करोड कुल पुँजी रहेको जानकारी दिनुभयो ।

२०५० सालमा तत्कालिन गैंडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्रसँग सहकार्य गर्दै सहकारी स्थापना गरिएको स्मरण गर्दै गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष देवराज पौडेलले स्मारिका पनि प्रकाशन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले गैंडाकोट नगरमा सहकारी सङ्ख्या वढि रहेको उल्लेख गर्दै एकिकरण अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संस्थका उपाध्यक्ष पोषणराज सुवेदीले स्वागत मन्तव्य राख्दै कार्य क्षेत्र र प्रकृती मिल्दा सहकारीसँग एकिकरणका लागि प्रयास जारी रहेको बताउनुभयो । खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं भन्ने आह्वानका साथ तत्कालीन गैंडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्रको सक्रियतामा ६० जना स्थानीय युवाहरू मिलेर स्थापित सहकारीमा हाल ८ हजार सेयर सदस्य रहेको संस्थाका व्यवस्थापक रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply