गैंडाकोट समाज अष्ट्रेलियाको सहयोग

0

प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोट समाज अष्ट्रेलियाले गैंडाकोटमा आर्थिक अभावमा उपचार गर्न कठिन २ परिवारलाई आर्थिक सहायता गरेको छ । गैंडाकोट ६ निवासी मृगौला पिडित शक्तीप्रसाद चालिसे र गैंडाकोट ३ निवासी तातो तेलमा परेर घाईते बालिका सिम्रन पौडेलको उपचारका लागि सो रकम सहयोग गरिएको हो । समाजसेवी बलराम चालिसे मार्फत पठाईएको चेक गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले हस्तानतरण गर्नुभयो ।


गैंडाकोट समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश अधिकारी, सचिव राजेश चालिसे लगायतका सदस्यले संकलन गरि पठाउनुभएको २ लाख १ हजार ६ सय ९० रुपैयाँ बराबरको चेक गैंडाकोट ६ निवासी मृगौला पिडित शक्तीप्रसाद चालिसेलाई हस्तान्तरण गरिएको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले मृगौला पिडित शक्तीप्रसाद चालिसेलाई चेक हस्तान्तरण गर्दै स्वास्थ्य लाभको कामना गर्नुभयो । चेक ग्रहण गर्दैै पिडित चालिसेले सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


त्यस्तै तातो तेलमा परेर घाईते बालिका सिम्रन पौडेलको उपचारका लागि ३६ हजार ६ सय ३ रुपैयाँ हस्तान्तरण गरिएको छ । नगर प्रमुख छत्रराज पौडेलले बालिकाकी बुवा कृष्ण पौडेललाई सो चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, गैंडाकोट ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, २ का वडाध्यक्ष धुव्रराम पौडेल, ५ का वडाध्यक्ष नवराज कंडेल लगायतको उपस्थिती रहेको थियो ।
को हुन् शक्तीप्रसाद चालिसे


गैंडाकोट ६ निवासी शक्तीप्रसाद चालिसे मध्यम वर्गिय परिवारमा जन्मनुभएको हो । परिवारको आर्थिक अवस्था सुधार गर्न ३ वर्ष अघि विदेशिनुभएका उहाँले राम्रो कमाउने र परिवारलाई शुखी राख्ने सपना देख्नुभएको थियो । २०४१ साल चैत्र २२ गते जन्मिनुभएका उहाँले कमला पौडेल चालिसेसँग वैवाहिक जिवन शुरु गर्नुभयो । उहाँको ३ वर्ष ५ महिनाको एक छोरा रहेका छन् । छोरा अविन चालिसेको शिक्षा दिक्षा, परिवारको रेखदेख गर्ने समयमा मृर्गौलाले काम गर्न छाडेपछि उहाँ उपचरार्थ आर्थीक जोहो गर्न हार गुहार गर्दै हुनुहुन्छ ।
परिवारलाई मिठो खुवाउने अनि राम्रो लगाउने सपना साँचेर विदेशिनुभएको उहाँको सपना अधुरो बन्यो । साउदी अरबमा काम गर्ने सिलसिलामा दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँलाई कम्पनीले घर पठाईदिएको थियो ।
२८ वर्षिया उहाँकी श्रीमती कमला पौडेलले एक मृर्गौला दिएपछि उहाँको नयाँ जिवन शुरु भएको छ । पौष १० गते उहाँको विर अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको थियो । सफल मृर्गौला प्रत्यारोपणपछि अहिले पनि उहाँको विर अस्पतालमा उपचार चलिरहेको छ ।
हालसम्म उहाँको उपचारमा १४ लाख वढि खर्च भईसकेको छ । अहिले पनि मासिक ४६ हजार सम्मको औषधी सेवन गर्नुपर्ने बाध्यता रहेको छ । विदेशिएका साथीभाई र पहिले आफैंले कमाएको केही पैसाले उपचार गर्दै आईरहनुभएको छ । आजिवन औषधी सेवन गर्नुपर्ने अवस्थाका शक्तीप्रसाद चालिसे सहयोगी मनको आशा गर्दै बाचिरहनुभएको छ ।

Share.

Leave A Reply