गैंडाकोट शैक्षिक हब बन्छ ः विनोदी

0

सबिता तिवारी

गैंडाकोट । सुर्यभक्त पतनादेवि मेमोरीयल कलेजका प्राचार्य गोविन्दराज विनोदीले गैंडाकोट छिट्टै शैक्षिक नगरि बन्ने बताउनुभएको छ ।
प्रसिद्ध साहित्यकार समेत रहनुभएका उहाँले गैंडाकोट साहित्यिक मात्र नभई छिट्टै शैक्षिक नगर बन्ने बताउनुभयो । नगरपालिकामा बन्न लागेको विश्वविद्यालय यहाँ रहेका कलेज तथा विद्यालय यहाँको वातावरण हरेक किसिमले गैंडाकोट शैक्षिक हब रहेको बताउनुभयो । सोमबार सुर्यभक्त पतनादेवि मेमोरीयल कलेजले बिए प्रथम वर्ष र कक्षा ११ का छात्रछात्राका लागि आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गैंडाकोटको समृद्धि शिक्षामा रहेको बताउनुभयो ।
सुर्यभक्त पतनादेवि मेमोरीयल कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले शिक्षक र बिद्यार्थीको सुमधुर सम्बन्ध नै कलेज र शिक्षाको गुणस्तरमा बिकास गर्न सकिने बताउनुभयो । यससँगै कलेजले प्रत्येक महिनामा दुई वटा अतिरिक्त क्रियाकलाप अनिवार्य रुपमा गर्ने भएको छ । सो कार्यक्रममा कलेजका शिक्षक संगै सम्पुर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply