गैंडाकोट फन पार्कमा आज दिउँसो एक बालकको डुबेर मृत्यु

0

प्रेम क्षेत्री, गैंडाकोट, असार ९ । पुर्वी नवलपरासीको गैंडाकोट ५ मा रहेको गैंडाकोट फन पार्कमा आज दिउँसो एक बालकको डुबेर मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका नजिकै रहेको गैंडाकोट फन पार्कमा दिउँसो ३ बजेको समयमा नुहाउने क्रममा गैंडाकोट ८ का १३ वर्षिय सन्देश सापकोटोको मृत्यु भएको हो । उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक प्रकास सिंखडाले जानकारी दिनुभयो ।

१२ फिट गहिराईमा पौडी खेल्दै गर्दा डुबेको देखेपछि उद्धार गरेर उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज पु¥याईएको थियो । शनिबारको दिन आज फन पार्कमा अन्य समय भन्दा वढि भिंड थियो ।

उनको उद्धारमा ढिलाई भएका कारण ज्यान गएको स्थानियले जनाएका छन् ।

Share.

Leave A Reply