गैंडाकोट फनपार्कको समुद्घाटन

0


प्रेम क्षेत्री
गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट ५ मा गैंडाकोट नगरपालिकासँगै रहेको गैंडाकोट फनपार्कको मंगलबार समुद्घाटन गरिएको छ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलले संयुक्तरुपमा फनपार्कको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख छत्रराज पौडेलले समृद्ध गैंडाकोट निर्माणमा यो महत्वपुर्ण कार्य रहेको बताउनुभयो । सवैजना यहि ढंगबाट वढ्नसके गैंडाकोट आत्मनिर्भरतातर्फ उन्मुख हुने उहाँको भनाई थियो ।


कार्यक्रममा बोल्दै उप प्रमुख विष्णुकुमारी कंडेलले नगरपालिकासँगै रहेको नगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरु पनि यहाँ गनै सकिने भएकाले अझ सहज हुने बताउनुभयो । वैदेशिक रोजगारीमा रहेक युवाहरु स्वदेश फर्किएर यस्तै व्यवसाय गर्न सके समृद्ध गैंडाकोटले सार्थकता पाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वागत गर्दै सञ्चालक नारायण सापकोटाले वैदेशिक रोजगारी पछि स्वदेशमा नै केही गर्ने सोच र गैंडाकोटमा एउटा पनि फनपार्क नरहेको अवस्थामा यो सुचारु गरिएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं फनपार्कका सञ्चालक लक्ष्मीप्रसाद सापकोटाले प्रवासमा आर्जन गरेको सिप, पुँजी लगानी गरेको बताउँदै सवैको सहयोगको अपेक्षा गर्नुभएको छ ।


कार्यक्रममा गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेल, पोर्चुगल जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक लोकबहादुर जिसी, सहकारी अभियान्ता खेमराज सापकोटा, समाजसेवी धनप्रसाद सापकोटा, पत्रकार महासंघका जिल्ला सदस्य एवं विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, उद्योगी, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


होटल सर्भिस, बेन्क्वीट सर्भिस, रेष्टुरेन्ट, ट्रेनिङ समेत सञ्चालन गरिने स्वीमिङ पुल, स्टिम र साउना वाथ, पार्टी प्यालेस लगायतका सेवा फनपार्कमा उपलब्ध रहेको सञ्चालक नारायण सापकोटाले बताउनुभयो । कार्यक्रमको विजय एफएमका वरिष्ठ पत्रकार तिलक सुवेदीले सहजिकरण गर्नुभएको थियो ।


पिङ, चिप्लेटी सहितको फर्नपार्क रेष्टुरेन्टमा सबैप्रकारको खाना र इटालिएन फुडका लागि गैँडाकोट फन पार्क विशेष रहेको छ । आकर्षक फुलबारी सहितको फनपार्कमा ४० जना क्षमता सहितको रेष्टुरेन्ट, ५ वटा कटेज, २५ जना अटाउने मिटिङ हल, करिब ४ सय जनासम्म अटाउने सभा हल लगायत रहेका छन् ।

२ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा बाहेक करिब ६ करोडको लगानीमा शुरु गरिएको फनपार्कमा १६ जनाले रोजगारी समेत पाएका छन् । सञ्चालक द्वय सापकोटा दाजुभाईले पोर्चुगलमा रेष्टुरेन्ट, बागलुङमा कृषि र्फम लगायतका विभिन्न व्यवसाय गर्दै आउनुभएको छ ।

स्टीम बाथ
स्टीम बाथ वाफका माध्यमबाट शरीरमा पसिना निकालेर गरिने उपचारपद्धति हो । यसले शरीरमा भएको टक्सिनलाई पसिनाका माध्यमबाट बाहिर निकाल्न प्रयोग गरिन्छ । स्टीम बाथमा करीब १५ मिनेट च्याम्बरमा बसेपछि नुहाउने गरिन्छ ।

साउना
ड्राईहिटका माध्यमले शरीरबाट पसिना निकालेर उपचार गर्ने पद्धति साउना बाथ हो । यसले पनि पसिनाका माध्यमबाट शरीरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ । यसमा तापका लागि विशेष प्रकारको चट्टानको प्रयोग गरिएको हुन्छ । चट्टानमार्फत पूरै च्याम्बरलाई तातो बनाएर यसको प्रयोग गरिन्छ । यसका लागि पनि करीब १५ मिनेट च्याम्बरमा बसेपछि नुहाउनुपर्छ । साउनाका लागि पूरै काठबाट निर्मित च्याम्बरको प्रयोग गरिन्छ ।

Share.

Leave A Reply