गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको मतगणना जारी, खुल्ला सदस्यमा लोकतान्त्रिक प्यानल नै विजयी ।।

0

 

गैडाकोट, असार ५
गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज भएको मतदानको मतगणना अहिले जारी रहेको छ । अहिले अध्यक्ष ,उपाध्यक्ष , सचिब, कोषाध्यक्ष ,सहसचिब र ३ महिला सदस्यको मत गणना भईरहेको छ । ५५ मत गणना भईसकेको जनाईएको छ ।
घोषित मत परिणाम अनुसार खुल्ला सदस्य तर्फ लोकतान्त्रिक प्यानल नै विजयी भएको छ । खुल्ला सदस्यमा खडानन्द काफ्ले १४२ मत, नन्दप्रसाद घिमिरे १४१ मत, महेन्द्र कार्की १५२ मत, नरबहादुर कुमाल १४५ मत र विपिनभक्त अधिकारी १५२ मत सहित विजयी हुनुभएको छ । खुल्ला सदस्य पदमा अर्जुन पोखरेलले १०० मत, कृष्णराज पराजुलीले १०३ मत, खुमराज तिमिल्सीनाले ९१ मत, एकदेव घिमिरेले ८९ मत र रामनाथ अधिकारीले ७८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै लेखा समितिमा पनि लोकतान्त्रि प्यानलले नै जित हाँसिल गरेको छ । लेखा समिति संयोजकमा लोकतान्त्रिक प्यानलका रत्नप्रसाद सापकोटा विजयी हुनुभएको छ । उहाँले १२७ मत प्राप्त गर्नुभयो । नेकपा प्यानलकी संयोजक पदकी उम्मेदवार राधादेवी आचार्य लामिछानेले १०२ मत प्राप्त गर्नुभएको छ । लेखा सदस्यमा नारायण सुवेदी १४१ मत र हरि पौडेल १४२ मत सहित विजयी भएका हुनुभएको छ भने सदस्य पदका उम्मेदवार खुमनाथ पौडेलले ९४ र ज्ञानेन्द्र अधिकारीले ८२ मत प्राप्त गर्नुभयो ।

Share.

Leave A Reply