गैंडाकोट नगर युवा सञ्जाल गठन

0

प्रेम क्षेत्री
जेठ १४, गैंडाकोट । गैंडाकोट नगर युवा सञ्जाल गठन गरिएको छ । सञ्जालको अध्यक्षमा गैंडाकोट ८ का श्याम बन निर्विरोध चयन हुनुभएको छ ।

सञ्जालको उपाध्यक्षमा गैंडाकोट ३ का ईन्द्रज्योती पोख्रेल र सचिवमा वडा नम्बर १७ का अजय कंडेल (सन्तोष) मतदानबाट निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा वडा नम्बर २ का लक्ष्मण कंडेल र सह सचिवमा वडा नम्बर १३ का दिपिका सुनार चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा वडा नम्बर १४ का वन्दना आचार्य, वडा नम्बर १८ की भुमिका आले मगर, वडा नम्बर ११ की हरिमाया महतो, वडा नम्बर ५ की प्रकृति कंडेल, वडा नम्बर १२ का ईश्वर दर्जी रहनुभएको छ ।
गैंडाकोटका १८ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी प्रत्येक वडाबाट दुई दुई जना प्रतिनिधी बोलाई यसअघि ३६ जनाबाट पुनः एक एक जना छनोट गरि १८ जनाले ११ सदस्यिय समिति गठन गरेका थिए ।
भौगोलिक विकटताका आधारमा १ जना, जनजातीबाट २ जना युवती, दलितबाट एक युवती र एक युवा र खुल्ला गरि ११ सदस्यिय समिति गठन गरिएको थियो । सोही समितिले मंगलबार युवा सञ्जाल गठन गरेको हो । उपाध्यक्ष र सचिवमा मतदान भएपनि अन्य भने निर्विरोध चयन भएका हुन् । निर्वाचनमा ११ जनाले मतदान गरेका थिए ।

Share.

Leave A Reply