गैंडाकोट नगर क्षेत्रमा मंगलबार विद्युत आपुर्ती ठप्प हुने

0

गैंडाकोट, भदौ ५

गैंडाकोट नगर क्षेत्रमा भोली मंगलबार विद्युत आपुर्ती ठप्प हुने भएको छ । गैंडाकोट थुम्सीमा विद्युतको पोल तथा तार मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत दिनभर जसो बन्द हुने भएको हो । बिहान १० बजेदेखी साझ ६ बजेसम्म विद्युत सेवा बन्द रहने नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका सुपरभाईजर सुजन रिजालले जानकारी दिनुभयो । सामान्य हावा लाग्दा पनि पटक पटकको विद्युत आपुर्ती कटौतीले गैंडाकोटबासीले हैरानी व्यहोर्नुपरेको छ । साथै उनिहरुले कम भोल्टेज आउने गरेको समेत बताएका छन् ।

Share.

Leave A Reply