गैंडाकोट नगरपालिक ५ कुसुमनगरस्थित नारायणी नदी किनारमा अवस्थित श्री राधाकृष्ण मन्दिरमा आजदेखी महायज्ञ शुरु

0

प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोट नगरपालिक ५ कुसुमनगरस्थित नारायणी नदी किनारमा अवस्थित श्री राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासका लागि आजदेखी महायज्ञ शुरु भएको छ ।

आजदेखि ९ गतेसम्म महायज्ञ सञ्चालन हुने श्री राधाकृष्ण मन्दिरका सचिव डिल्लीप्रसाद अम्बैले जानकारी दिनुभयो । महायज्ञ शुरु हुनुपुर्व नारयाणी नदि किनारबाट जल सहितको कलशयात्रा निकालिएको थियो । कलशयात्रा कालिकाचोक, विजय चोक, कांग्रेश चोक हुदैँ महायज्ञ स्थलसम्म पुगेको थियो ।

मन्दिर परिसरमा मानव सेवा हेतु २०७२ सालदेखि निमार्णकार्य अगाडि बढाइएको बहुउद्देश्य धार्मिक भवन क्रियापुत्री कक्ष, सत्सङ्ग कक्ष, योग कक्ष, दिवा वृद्धाश्रम कक्ष, अतिथि कक्ष, धार्मिक सामाजिक सभा सम्मेलन कक्षको बाँकी निर्माण कार्य सम्पन्नार्थ एवं स्नानघाटलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका स्पमा विकसित गर्ने गुरुयोजनालाई मूर्त रूप दिने उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको यज्ञ सम्पादन मूल समितिका संयोजक मदनभक्त अधिकारीले जानकारी दिनुभयो ।

श्रीमद्भागवत ज्ञान महायज्ञमा श्रीधाम वृन्दावनबाट पाल्नुहुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रसिक भागवत वाचक आचार्य पण्डित श्री किशोरशरण सुवेदीज्यूका मुखारविन्दबाट श्रीमद्भागवत महापुराणको भक्तिसङ्गीतमय सारगर्भित दार्शनिक प्रवचन तथा पण्डित श्री ऋषिराम अधिकारीज्यूबाट पाठ परायण हुने छ । करिब १८ लाख खर्च हुने महायज्ञबाट करिब १ करोड उठाउने लक्ष्य राखिएको छ ।

महायज्ञमा सहभागी भई तन, मन, धन, वचन र कर्मले सहयोग गर्न श्री राधाकृष्ण मन्दिरका अध्यक्ष खिमलाल सापकोटाले सबैमा आग्रह गर्नुभयो ।

गैंडाकोट नगरपालिका ५ कुसुमनगरस्थित नारायणी नदी किनारमा अवस्थित श्री राधाकृष्ण मन्दिरमा बहुउद्देश्यीय धार्मिक भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

Share.

Leave A Reply