गैंडाकोट नगरपालिका वडा नम्बर १ लाई बाल मैंत्री वडा घोषणाका लागि छलफल तिव्र

0


गैँडाकोट, ८ मंसिर । गैंडाकोट नगरपालिका वडा नम्बर १ लाई बाल मैंत्री वडा घोषणाका लागि छलफल तिव्र पारिएको छ । बाल मैत्री वडा घोषणाका लागि सरकारवलाले सुक्रबार नेपालकै पहिलो बाल मैत्री नगरपालिका सुनवल नगरपालिका अध्यन अवलोकन गरेका हुन् । सो अवसरमा बालमैत्री शासनको विषयमा छलफल तथा अन्तरक्रिया गरीएको छ । कार्यक्रममा बालमैत्री स्थानिय शासन वडा समितिका अध्यक्ष एवम् गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, वडा सदस्य सुुरेन्द्र रेग्मी, राजेन्द्र प्रसाद उपाध्याय, देवि विक, गैंडाकोट नगरपालिका वडा नम्बर १ बाल सञ्जाल अध्यक्ष कृष्ण पौडेल, बाल मैत्री स्थानिय शासन वडा समितिका सदस्यहरु वडामा रहेका बिभिन्न बाल क्लबका प्रतिनिधि गरी करीब ७० जना अबलोकन भ्रमणमा सहभागी रहेका थिए । बाल मैत्री वडा कसरी घोषणा गर्ने भन्ने सम्बन्धमा सुनवल नगरपालिका कि नगर सहजकर्ता सुम्निमा पन्तीले प्रस्तुती र सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बाल मैत्री स्थानिय शासन समिति सि.एफंएलंजी का फोकल प्रसनले स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले सहभागीता देख्दा छिट्टै गैंडाकोटलाई बाल मैत्री घोषणा गर्ने बातउनु भयो । गैंडाकोट नगरपालिकालाई २०७५ साल भित्रै बाल मैत्री नगरपालिका घोषणा गर्ने नगरपालिकाले लक्ष लिएको छ । त्यस अघिनै गैंडाकोट नगरपालिका वडा नम्बर १ बाल मैत्री वडा घोषणा हुने गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरी प्रसाद सापकोटाले बताउनु भयो । यस अघि नवलपुर जिल्लामा देवचुली नगरपालिका बाल मैत्री नगर घोषणा भएको छ ।

Share.

Leave A Reply