गैंडाकोट नगरपालिका र चिनिया टोलीबिच भेटघाट

0


गैंडाकोट, ९ माघ । गैंडाकोट नगरपालिका र चिनिया टोलीबिच भेटघाट भएको छ । बुधबार बिहान चिनको सान. सि. सिटी र गैंडाकोट नगरपालिका बिच दुई पक्षिय भेटघाट भएको हो ।

गैंडाकोट नगरपालिका र चिनको सान. सि. सिटीबिच भगिनी सम्बन्ध स्थापना गर्न सहायता पु¥याउने उद्देश्यले भेटवार्ता गरिएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभएको छ ।
भेटघाटमा क्रममा नगरपालिकाको विकासको सम्भाब्यताका क्षेत्रहरु, यहाँको पर्यटकीय क्षेत्रको विकास, खानी उत्खनन्, जडिबुटी उत्पादन, नारायणी नदिको तटबन्धन, गैंडाकोटमा बन्न लागेको वि.पी अन्तर्राष्ट्रिय रंगशाला लगायतका विषयमा छलफल भएको नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिनुभएको छ ।

छलफलका क्रममा चिनिया टोलीले चिनले नेपालको विकासमा सहायता पु¥याउन विभिन्न प्रयास अगाडी बढिरहेको जानकारी गराएका थिए । उनीहरुले सन् २०२० सम्म चिनले नेपालको धेरै क्षेत्रमा सहयोग हस्तान्तरण गर्ने योजना रहेकोले त्यस अगाडी अध्ययन र अवलोकनलाई तिब्र पारिएको चिनको सान. सि. सिटीको अन्र्तराष्ट्रिय सुचना कार्यालयका उप निर्देशक च्या योनयानले बताउनुभएको थियो ।
सोहीक्रममा नगरप्रमुख पौडेलले गैंडाकोट नगरपालिकाको वस्तुस्थितिबारे चिनिया टोलीलाई जानकारी दिदैं गैंडाकोट नगरपालिका विकासिल अवस्थामा रहेको बारे जानकारी दिदैं चिनबाट धेरै कुराहरु सिक्दै जाने बताउनुभएको थियो ।
भेटघाटका क्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले चिन र नेपालबिच ज्यादै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा समेत मजबुत रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
सोही क्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, चिनको सान. सि. सिटीको अन्तर्राष्ट्रिय सुचना कार्यालयका उप निर्देशक च्या योनयान, सान. सि. को प्रेस विभागका निर्देशक स्याड्डी लु, पे्रस विभागका उप निर्देशक बि∙ रेन लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply