गैंडाकोट नगरपालिकाको दिर्घकालिन सोच निर्धारण, “व्यवसायिक कृषि, पर्यटन, जलस्रोत र पुर्वधार, स्वच्छ हराभरा समृद्ध गैंडाकोटको आधार” तय

0

गैंडाकोट । गैंडाकोट नगरपालिकाको दिर्घकालिन सोच निर्धारण गरिएको छ ।

बुधबार “व्यवसायिक कृषि, पर्यटन, जलस्रोत र पुर्वधार, स्वच्छ हराभरा समृद्ध गैंडाकोटको आधार” भन्ने दिर्घकालिन सोच निर्धारण गरिएको हो ।

विजय विकास स्रोत केन्द्रको सभाहलमा एकिकृत शहरी विकास योजना तर्जुमा अभिमुखिकरण तथा दिर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठिले गैंडाकोटको दिर्घकालिन सोच निर्धारण गरेको शहरि योजनाविद् तथा ईन्जिनियर रविन्द्र दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रम गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्यहरुका साथै विषयगत समितिका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम नयाँ राष्ट्रिय ईन्जिनियरिङ कन्सल्टेन्सी प्रा लिले सहजीकरण गरेको थियो । कार्यक्रममा शहरि योजनाविद् तथा ईन्जिनियर रविन्द्र दवाडी र योजनाविद् प्रकाश तिवारीले सहजिकरण गर्दै आफ्नो प्रस्तुती दिनुभएको थियो ।

Share.

Leave A Reply