गैंडाकोट नगरका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीको संयुक्त क्षमता अभिवृद्धी तालिम गैंडाकोटमा शुरु

0

गैंडाकोट । गैंडाकोट नगरपालिकाका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीको संयुक्त क्षमता अभिवृद्धी तालिम गैंडाकोटमा शुरु भएको छ ।

विजय विकास स्रोत केन्द्रको सभाहलमा दुईओटा हलमा छुट्टाछुट्टै बुधबारदेखी तालिम शुरु भएको हो । स्थानिय सरकार सञ्चालन सम्बन्धी क्षमता अभिवृद्धि तालिम बुधबार र बिहिबार सञ्चालन हुने गैंडाकोट नगर उप प्रमुख विष्णुकुमारी कंडेलले जानकारी दिनुभयो । नवलपरासी वर्दघाट सुस्ता पुर्व जिल्ला समन्वय समितिको आयोजनामा तालिम शुरु भएको हो ।

कार्यक्रममा नवलपरासी वर्दघाट सुस्ता पुर्व जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, उप प्रमुख शारदा विक, जिल्ला समन्वय अधिकारी विजयराज पौडेल लगायतको उपस्थिती रहेको छ ।

तालिममा गैंडाकोट नगरका प्रमुख, उपप्रमुख, कार्यपलिका सदस्य, १८ वटै वडाका वडाअध्यक्ष, सदस्यहरु र कर्मचारी गरी एक सय वढिको उपस्थिती रहेको छ ।

Share.

Leave A Reply