गैंडाकोट जयश्री पुल नजिकै ट्याङकरको ठक्करबाट एक जना गम्भिर घाईते

0

गैंडाकोट । पुर्वी नवलपलरासीको गैंडाकोट जयश्री पुल नजिकै आज ट्याङकरको ठक्करबाट मोटरसाईकलमा सवार एक जना गम्भिर घाईते भएका छन् ।

बिहान पौने १० बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ क ८३६९ नम्बरको दुध बोक्ने ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको लु २३ प ८८६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको स्थानिय होमनाथ सापकोटाले विजय एफएमलाई जानकारी दिनुभयो । ठक्करबाट मोटरसाईकलमा सवार गैंडाकोट १२ का ४८ वर्षिया चिन्तामणी थापा गम्भिर घाईते भएको ईलाका प्रहरी गैंडाकोटका प्रहरी हवल्दार कृष्णकान्त न्यौपानेले जानकारी दिनुभयो ।

घाईतेलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाईएको छ । ट्याङकरलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल ठोक्कीन पुगेको जनाईएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply