गैंडाकोटमा भएको दुर्घटनाका घाईते एकजनाको उपचारको क्रममा मृत्यु

0

गैंडाकोट माघ १६ । पुर्वी नवलपरासीको गैंडाकोट मा मंगलबार भएको दुर्घटनाका घाईते एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाईते गैंडाकोट ८ कालिकाचोक  मसारेटोल का कालीका माध्यममिक बिद्यालयमा कक्षा ९ मा अध्ययारत   शितल कुमालको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा गएराती मृत्यु भएको अस्पताललाई उदृतगर्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

गैंडाकोट नगरपालीका वडा नम्बर ८ स्थीत पुर्व पश्चिम सडक खण्डको भित्री सडक खण्डको मसारेटोल मा पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना.अ.प ६५७ नम्बरको म्याजीक र बिपरीत दीशाबाट आउँदै गरेको ना १६ प २१९६ नम्बरको मोटरासाईकल मंगलबार दिउँसो साढे ३ बजे एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । दुबै सवारी साधन र म्याजिक चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।
यसैविच पुर्वी नवलपरासीको गैंडाकोट नगरपालीका वडा नम्बर ८ स्थित जयश्री पुल नजिक बोलेरो र टिप्पर एकआपसमा ठोक्किएका छन् ।

गैंडाकोट ८ स्थित पूर्व पश्चिम राजमार्गको जयश्री पुल नजिक पुर्वबाट पश्चिम जादै गरेको ना ४ च ७६९१ नम्बरको बोलेरो र बिपरीत दिशाबाट आउदै गरेको ना ७ ख २६७३ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाएको हुन् । दुर्घटनामा मानविय क्षती नभएको र दुबै सवारी साधन र चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।

Share.

Leave A Reply