गैंडाकोटलाई दुव्यर्सनीमुक्त समाज बनाउँछु ः प्रहरी निरिक्षक जिसी

0

गैंडाकोट – ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरिक्षक दिवसबहादुर जिसीले गैंडाकोटलाई लागुऔषध एवं दुव्यर्सनीमुक्त बनाउनका लागी लागिपर्ने बताउनुभएको छ ।

साथै उहाँले गैंडाकोट क्षेत्रमा हुने दुर्घटना न्युनीकरणकालागी चेकजाँचलाई तिव्रता दिने बताउनुभयो । त्यस्का लागी ट्राफिक प्रहीको सहयोगमा १० जनाको टोली नै खटिएको बताउनुभयो ।

काठमाडौंबाट गैंडाकोट सरुवा भई आउनुभएका उहाँले आज पत्रकारसंग परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो । ईलाका प्रहरी कार्यालय गैंडाकोट परिषरमा आयोजित कार्यक्रममा नवलपुर तथा चितवनका पत्रकारको उपस्थिती रहेको थियो ।

साथै उहाँले गैंडाकोटलाई विकृती रहित र समुन्नत समाज बनाउनका लागि अन्य संघ संस्थाका प्रतिनिधी, राजनितीक दल, व्यवसायी तथा नागरिक समाजका व्यक्तीसँग छलफल गर्ने बताउनुभएको छ ।

Share.

Leave A Reply