गैंडाकोटमा १६ वटा नयाँ म्याजिक, विकूले अवसर जुटायो

0

गैंडाकोटमा । गैंडाकोट क्षेत्रका छोटो रुटमा चल्ने यातायात व्यवसायीले नयाँ म्याजिक गाडी खरिद गरि सञ्चालनमा ल्याएका छन् ।

२० वर्ष पुराना गाडी विस्थापित गर्ने सरकारी निति अनुरुप विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुले १६ वटा नयाँ गाडी खरिद गरि सञ्चालनमा ल्याएका हुन् । व्यवसायीहरुले तिन पाङ्ग्रे भन्दा वढि सुरक्षित मानिएको म्याजिक गाडी खरिद गरि सञ्चालनमा ल्याएका हुन् ।

‘हाम्रो लक्ष्य, खुसी एवं स्वस्थ सदस्य’ भन्ने मूल नाराका साथ स्वस्थ सदस्यको अवधारणालाई अघि वढाएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सो अवसर जुटाईदिएको हो । विकूका सदस्यहरुलाई कर्जामा १६ वटा म्याजिक गाडी उपलव्ध गराईएको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 
विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले वातावरणीय हिसाबले स्वच्छ पनि हुने, आर्थीक अवस्था कमजोर भएका विकूका सदस्यको आर्थिक अवस्था मजबुत हुनेभएकाले यो खुसी एवं स्वस्थ सदस्यको शुरुवात भएको दावी गर्नुभयो । शुक्रबार उहाँले विकूको स्टिकरसँगै टिका र टोपी लगाएर सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।


म्याजिक सञ्चालक एवं विकूका सदस्यहरुले म्याजिक सञ्चालनमा आएपछि खुसी व्यक्त गरेका छन् । म्याजिक सञ्चालक गैंडाकोटका चिन्तामणी सापकोटाले विकूबाट गाडी निकाल्ने र त्यही बचत गर्ने गरेको बताउनुभयो । उहाँले ऋण भएपनि सहज भएको बताउनुभयो ।
म्याजिक सञ्चालकहरुलाई सहजिकरण गर्नुभएका यातायात व्यवसायी गंगाबहादुर पाण्डेले गैंडाकोट नगर क्षेत्रमा सहज यात्राका लागी समन्वय गरेको बताउनुभयो । सञ्चालनमा आएका म्याजिक गाडीहरु हाल गैंडाकोट नगरपालिकाको थुम्सी र भरतपुर नारायणगढ क्षेत्रमा सञ्चालनमा रहेका छन् ।

Share.

Leave A Reply