गैंडाकोटमा सहकारी स्तम्भको सिलन्यास

0

गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्ता पुर्व) गैंडाकोट १ मौलाकालिकाको फेदीमा सहकारी स्तम्भ बन्ने भएको छ ।

गैंडाकोटमा रहेका सहकारीहरुको नियमित संयुक्त बैठकले मौलाकालिकाको फेदीमा सहकारी स्तम्भ बनाउने निर्णय गरेसँगै शुक्रबार एक कार्यक्रमका विच सहकारी स्तम्भको सिलन्यास गरिएको छ ।

गैंडाकोट क्षेत्रमा रहेका सहकारीकर्मीहरुले संयुक्त रुपमा सहकारी स्तम्भको सिलन्यास गरेका हुन् । सो अवसरमा राष्ट्रिय सहकारी संघका पुर्व सञ्चालक सदस्य केशवप्रसाद सापकोटा, नेफ्स्कुनका पुर्व सञ्चालक, सहकारी समन्वय मञ्च गैंडाकोटका संस्थापक अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटा, सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष वेदप्रसाद गौडेल, सचिव कुलप्रसाद पाण्डे, कोषाध्यक्ष चन्द्रमणी पौडेल, पुर्व अध्यक्ष ईश्वरीनाथ रिमाल, धार्मीक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, मौलाकालि सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शालिकराम सापकोटा, एस.पि.एम कलेजका प्राचार्य एवं साहित्यकार गोविन्दराज विनोदी, मौलाकालिका समाज केन्द्रका अध्यक्ष कमलप्रसाद कंडेल, गैंडाकोट क्षेत्रमा रहेका सहकारी संस्थाका अध्यक्ष एवं व्यवस्थापक लगायतको उपस्थिती रहेको थियो ।


सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले सवै सहकारीको अस्तित्व झल्कने खालको स्तम्भ निमार्ण गर्ने जानकारी दिनुभयो । करिब ५ लाखको लागतमा बन्न लागेको सो स्तम्भ ५ फिट अग्लो रहने छ । स्तम्भ निमार्णमा गैंडाकोटमा रहेका सम्पुर्ण सहकारीको लागानि रहने छ । सहकारीका ७ सिद्धान्तका आधारमा बन्न लागेको स्तभ्म सहकारीको लोगो सहितको कलात्मक बन्ने उहाँले बताउनुभयो ।

सहकारी ग्राम गैंडाकोटका झलक दिने गरि स्तम्भमा उल्लेख गरिने छ । सहकारी स्तम्भमा गैंडाकोट क्षेत्रमा रहेका सम्पुर्ण सहकारीको नाम उल्लेख गरिने जनाईएको छ । हाल गैंडाकोट नगरपालिका भित्र ३९ वटा सहकारी रहेका छन् । शुक्रबार शिलन्यास गरिएको सहकारी स्तम्भ २ महिना भित्र निमार्ण कार्य सकिने छ । स्तम्भ यहि चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको अवसरमा उद्घाटन गर्नेगरि निमार्ण कार्य सकिने सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष गौडेलले बताउनुभयो । निमार्णकार्य स्थानिय ठेकेदार भरत श्रेष्ठलाई जिम्मा दिईएको छ ।

निमार्णधिन क्षेत्र मौलाकालि सामुदायिक बन उपभोक्त समूहको कार्य क्षेत्र हो । मौलाकालिका मन्दिर जाने मुख्य गेट निर बनाउन लागिएको स्तम्भ मन्दिर तथा बनको अनुमतीमा निमार्ण गर्न लागिएको हो । यसअघि गैंडाकोट नगरपालिका परिषरमा सहकारी स्तम्भ निमार्ण गर्ने भनिए पनि नगरपालिकाले जग्गा उपलब्ध नगराएपछि मौलाकालिका फेदीमा निमार्ण गर्न लागिएको सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले बताउनुभयो ।

Share.

Leave A Reply