गैंडाकोटमा विश्वबिद्यालय बनाउने विषयमा छलफल जारी

0


गैँडाकोट, २६ कार्तिक । गैंडाकोटमा अव बनाउने विश्वबिद्यालय स्वरुप परिकल्पना कसरी गर्ने सकिन्छ भन्ने बिषयमा छलफल जारी रहेको छ । सोमबार र मंगबार दुईदिन सम्म गैडाकोटमा रहेको सहमतिमा छलफल हुने बिश्वबिद्यालय स्थापना कार्यदलका संयोजक डाक्टर प्रमोद ढकालले जानकारी दिनुभयो ।

छलफलमा बिश्वबिद्यालयलाई गैडाकोट नगरसंग कसरी एकाकार गर्न सकिन्छ । जसमा बिश्वबिद्यालयको कारणले समाजको बिकास र समाजको कारणले विश्वबिद्यालयलाई टेवा पु¥याउन सक्छ भन्ने बिषयमा नै बहस भईरहेको बिश्वबिद्यालय स्थापना कार्यदलका संयोजक डाक्टर ढकालले बताउनुभयो । छलफल र बहसबाट एउटा दस्तावेज निर्माण गर्ने बताउनुभयो ।
प्राबिधिक ज्ञानले मात्र समाज पुर्ण नहुने र त्यसका लागि संस्कृति , कला पनि आवश्यक रहेकोमा बिज्ञहरुले जोड दिनुभएको छ । यस्तै कार्यक्रममा शिक्षाबिद र बिज्ञहरुको सहभागिता रहेको छ ।

Share.

Leave A Reply