गैंडाकोटमा रक्तदान कार्यक्रम हुँदै

0

जेठ ८, गैंडाकोट । संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रमको अयोजना गरिएको छ ।

सरस्वती बाल शिक्षा सदन, मौलाकालिका समाज केन्द्र–नेपाल, गैंडाकोट राइजि∙ स्टार स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा यहि जेठ ११ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ न्यौपानेले संस्थाको प्राङ्गणमा बिहान ७ बजे आयोजना गरिएको रक्तदान कार्यक्रममा उपस्थित भई सम्पूर्ण रक्तदाताहरुलाई रक्तदानको लागि आÞवान गर्नुभएको छ ।

Share.

Leave A Reply