गैंडाकोटमा महोत्सवमा आज प्रमोद खरेल, प्रिति आले र रमेशराज भट्राईको बेजोड प्रस्तुति

0

गैँडाकोट, २८ पौष । “आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ सुरु भएको दोस्रो गैंडाकोट महोत्सवमा आज राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । आज चर्चित गायक प्रमोद खरेल, रमेश राज भट्राई, प्रिति आले, उमा खनाल, दीपक खड्का लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो ।

महोत्सवको आज दोस्रो दिन मिड नेपाल भ्वाईस कन्टेष्टको समुद्घाटन कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक सालिक राम सापकोटाले जानकारी दिनुभएको छ । विहान चिसो मौसम भएका कारण दिउँसो विस्तारै अवलोकन कर्ता बढ्दै जाने सापकोटाले बताउनुभयो । यसैबीच, हिजो

उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको थियोे । उहाँले गैंडाकोट तथा नवलपरासी औद्योगिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकोले यसको भविश्य उज्वल रहेको बताउनुभयो । उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले नवलपुर नयाँ संरचनाको रुपमा उदाईरहदाँ यहाँको स्रोत र साधन प्रयोग गरेर यसको उचाई बढाउन सकिने विचार राख्नुभयो । नारायणी नदि किनार गैंडाकोटमा १० दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले सबैमा अनुरोध गरेको छ । महोत्सवमा ३२० स्टल रहेका छन् । जसमध्ये ४० वटा प्रवर्धनात्मक स्टल छन् । कृषिका १७ स्टल, स्थानीय सिमान्तकृत वर्गका उत्पादनहरु, अपांगता भएका व्याक्तिहरुका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजातीका मौलिकता झल्कने घरहरु समेत महोत्सवमा राखिएको छ । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने १ दिन कवि गोष्ठी र १ दिन स्मार्ट सिटिका बारेमा सेमिनार समेत हुने बताइएको छ । आई टि र अटो स्टल मेलाका थप आर्कषण बनेका छन् । महोत्सव माघा ८ गतेसम्म चल्नेछ ।

Share.

Leave A Reply