गैंडाकोटमा भोलीदेखी वडा स्तरिय फुटसल प्रतियोगिता शुरु हुदैं

0


प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोटमा भोलीदेखी वडा स्तरिय फुटसल प्रतियोगिता शुरु हुदैंछ ।
गैंडाकोट फुटबल क्लबको आयोजना एवम् गैंडाकोट खेलकुद समितिको समन्वयमा दोस्रो स्व. जमदार नरबहादुर कार्कीको स्मृतिमा वडास्तरीय फुटसल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता यहि वैशाख २७ गतेदेखी २९ गतेसम्म क्षेत्रिय रंगशालामा सञ्चालन हुने गैंडाकोट फुटबल क्लबका अध्यक्ष सुदन पराजुलीले जानकारी दिनुभयो । वडाको सिफारिसमा गैंडाकोटका विभिन्न फुटबल क्लबले नाम दर्ता गराएका छन् ।
प्रतियोगिताका विजेतालाई नगद ३० हजार शिल्ड मेडल र प्रमाणपत्र र उप विजेतालाई नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका उपाध्यक्ष अमित घिमिरेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply