गैंडाकोटमा बिजुलिको पोल झार्ने क्रममा एक बालकको मृत्यु, अर्का एकजना घाईते

0

प्रेम क्षेत्री
गैंडाकोट चैत्र २३ । पूर्वी नवलपरासीको गैंडाकोटमा बिद्युत बिस्तारका लागी लगीएको बिजुलीको पोल ट्याक्टरबाट झार्ने क्रममा एक बालकको मृत्यु भएको छ । भने अर्का एक बालक घाईते भएका छन् ।

शनिबार दिउँसो साँढे ३ बजेको समयमा गैंडाकोट नगरपालीका १३ ढोलबाजा चोक स्थीत लु ३ त ७१९० नम्बरको ट्याक्टरबाट बिजुलीको पोल झार्ने क्रममा सोही ठाँउ बस्ने वर्ष ७ का राजिव वि.क.को मृत्यु भएको हो ।

घाईते बालकको उपचारका क्रममा पुरानो मेडीकल कलेज भरतपुरमा ज्यान गएको बेल्डिया प्रहरी पोष्टका प्रमुख, प्रहरी नायब निरिक्षक बालकृष्ण शर्माले विजय एफएमलाई जानकारी दिनुभयो ।

घटनामा सोही ठाँउका ५ वर्षिया रागव वि.क.घाईते भई पुरानो मेडीकल कलेज भरतपुरमा उपचार गरिएको उहाँले जानकारी दिनुभयो । ट्याक्टरबाट बिजुलीको पोल झार्ने क्रममा बाटोमा हिंड्दै गरेको बालकलाई अचानक लाग्न पुगेको जनाईएको छ ।

घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरी नायब निरिक्षक बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply