गैंडाकोटमा प्रहरी कार्यालय अगाडी टायर बालेर प्रर्दशन

0

प्रेम क्षेत्री, असोज ३ गैंडाकोट । गएको सोमबार साँझ गैंडाकोट २ भृकुटी चोकमा भएको सवारी दुर्घटनामा मृत्यु भएकी हाल गैंडाकोट बस्दै आएकी चितवन गुञ्जानगरकी अनिसा रानामगरको परिवारजन तथा आफन्तले गैंडाकोटमा टायर बालेर प्रर्दशन गरेका छन् ।
उनिहरुले आज इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रर्दशन गरेका छन् । प्रहरी प्रशासनले पीडितलाई न्याए दिलाउन प्रभावकारी भूमिका नखेलेको भन्दै मृतकका आफन्तले नाराबाजीसहित प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेका छन् । उनिहरुले सडकमा टायर बालेर प्रर्दशन गरेका छन् । प्रर्दशनका कारण पुर्व पश्चिम राजमार्गमा चल्ने सवारी आवागमन रोकीएको छ । सवारी चालकहरुको आन्दोलनले गर्दा चितवन नवलपरासीको यातायात क्षेत्र प्रभावित बनिरहदाँ यो आन्दोलनले थप प्रभावित बनेको छ ।
ईलाका प्रहरी कार्यालय परिषरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नजिकका प्रहरी कार्यालयबाट थप प्रहरी तथा शसस्त्र प्रहरी मगाईएको छ । सोही रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


सोमबार साँझ ७ बजे काठमाडौंबाट महाकालीका लागि छुटेको पश्चिम नेपाल चल्ने ना ५ ख ४३१३ नम्बरको बसले ना ४१ प २६७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको स्कुटरमा समेत ठोक्किन पुगेको थियो । बसको ठक्करपछि ना ४१ प २६७५ नम्बरको स्कुटरमा सवार हाल गैंडाकोट बस्दै आएकी चितवन गुञ्जानगरकी अनिसा राना मगरको उपचारका क्रममा मृत्यु भएको थियो ।
यातायात व्यवसायी पीडित सामु आएर छलफल गरी समस्या समाधानमा लाग्नुपर्नेमा भागेको उनीहरुको मृतक परिवारजनको आरोप छ । प्रहरी कार्यालयमानै उपस्थित भएको ब्यवसायीलाई त्यहाँबाट प्रहरीले भगाएको उनीहरुले आरोप लगाएका छन् । आफन्तहरुले पीडितलाई न्याए दिलाउन प्रशासनले प्रभावकारी भूमिका नखेलेको बताउँदै आएका छन् ।


इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर जिसीले भने कारवाही प्रक्रिया अघि बढाई सकिएको बताउनुभएको छ । उहाँले बस सञ्चालकलाई झिकाएर वार्तामा बसाउने सहमति गरी पीडितलाई न्याय दिलाउन आफू लागिपरेको बताउनुभएको छ । कानुनले दिएको अधिकार बमोजिमको रकम पीडितलाई दिलाउन आफू तयार रहेको उहाँको भनाइ छ । त्यो भन्दा बाँकी पीडितले मागेको रकम उनीहरु बसेर मिलाउनु पर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply