गैंडाकोटमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति सभा

0

अजय पौडेल
गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोट वडा नम्बर ५ को आयोजनामा बुधबार पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको उल्लेख गर्दै सवै मिलेर पार्टी मजबुत बनाउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री कोइरालाले देशलाइ गरेको योगदान र लोकतान्त्रिक आन्दोलनका लागि गरेको भुमिकाको बारे चर्चा गरिएको थियोे ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा नवलपरासी जिल्ला पार्टी सभापति बिष्णु लामिछाने, प्रतिनिधि सभा सदस्य ओमकला गौतम, गैंडाकोट नगर पार्टी सभापति तारापती खरेल, प्रजातान्त्रिक सेनानि संघका केन्द्रिय सदस्य तिलक सापकोटा, जिल्ला सदस्य कमला तिवारी, नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ति न्यौपाने, नवलपरासी पूर्व जिल्ला समन्वय समितिकी उपप्रमुख शारदा विश्वकर्मा, विभिन्न वडाका वडा प्रतिनिधि तथा जनप्रतिनिधीहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा निर्वाचनको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यक्रता तथा विभिन्न भातृ संगठनका प्रतिनिधीको समेत उपस्थिती रहेको थियोे ।

कार्यक्रममा बोल्ने बक्ताले वडा नं ५ लाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम वडा सभापति गोबिन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो । कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।

Share.

Leave A Reply