जलुकेको पानी प्रशोधन केन्द्रमा शव देखिएको भन्ने कुरा गलत भएको पुष्टि

0

प्रेम क्षेत्री
माघ २२, गैंडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वडा नम्बर ४ तुलेडाँडा स्थित पानी प्रशोधन केन्द्रमा अज्ञात व्यक्तिको शव देखिएको भन्ने कुरा गलत भएको पुष्टि भएको छ ।
पानी प्रशोधन केन्द्रमा अज्ञात व्यक्तिको शव देखिएको भन्ने अपुष्ट हल्लापछि संस्थाले प्रशोधन केन्द्रको सवै पानी बाहिर निकालि निरिक्षण गर्दा कुनै वस्तु फेला नपरेको मंगलबार पत्रकार सम्मेलन गरि जनाएको छ । सोमबार दिउँसो ३ बजेपछि यस विषयमा जनचासो आउन थालेपछि सोही दिन ४ बजेदेखी मंगलबार बिहान १० बजेसम्म सो क्षेत्रमा पानी वितरण कार्य रोकी सुक्ष्म अध्ययन गरि पानी फालेर हेरपछि सो हल्ला भएको पुष्टि भएको हो ।
संस्थाका उपाध्यक्ष एवं सुरक्षा समिति संयोजक जगन्नाथ पौडेलले पानी प्रशोधन केन्द्र, पानी संकलन पोखरी, मुहान सवै ठाउँमा स्थलगत अवलोकन गर्दा कुनै त्यस्तो अवस्था नदेखिएको जानकारी दिनुभयो ।


जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव मोतीचन्द्र चालिसेले कपोकल्पित, निराधार हल्ला फिजाईएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त खानेपानी पिउनका लागी योग्य र सुरक्षित रहेको बताउनुभयो ।

 


खानेपानी जस्तो संवेदनशिल विषयमा यथार्थपरक सत्य तथ्यका आधारमा मात्र बोल्न सम्पुर्णलाई अनुरोध गर्दै संस्थाका अध्यक्ष सुनिलप्रसाद ढकालले यष विषयमा छानविन गरि दोषीलाई कारवाही गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित गैंडाकोट १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले पानी जस्तो संवेदनशिल र अत्यावश्यक विषयमा गलत अफवाह नफैलाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । साथै उहाँले सुरक्षित पानी वितरणमा सुरक्षा प्रवन्ध मिलाउन संस्थालाई आग्रह गर्नुभएको छ ।
जलुके खानीपानी तथा सरसफाई उपभोक्ता संस्थाले विस २०५७ सालदेखी गैंडाकोट ३ जगन्नाथ जलुके खोलाको मुहानबाट पानी प्रशोधन तथा डिप बोरीङमाफर्त गैंडाकोट १, २ र ४ मा पानी वितरण गर्दै आईरहेको छ ।

Share.

Leave A Reply