गैंडाकोटमा जारी दोस्रो उपमेयर कप फुटबल प्रतियोगिताको फाइनल भोलि

0

गैडाकोट, २३ फागुन । गैंडाकोटमा जारी दोस्रो उपमेयर कप फुट्बल प्रतियोगिताको फाइनल खेल भोलि हुने भएको छ ।

आज सेमिफाइनलका खेलहरु सकिएसँगै भोलि हुने फाइनलमा बाल ज्योति मावि र बिजय सामुदायिक शिक्षा सदन बीच प्रतिस्पर्धा हुने भएको हो । आज भएको पहिलो खेलमा बाल ज्योति माविले श्रीकृण गण्डकी माविलाई ३–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलबाट विजय सामुदायिक शिक्षा सदनले कन्टिनेन्टल  माबि  लाई  २–० गोलको अन्तर ले हराउदै   बिजय सामुदायिक शिक्षा सदन फाइनलमा पुगको गैडाकोट खेलकुद  समितिका अध्यक्ष  लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

फाइनल खेल भोलि विहान १० बजे हुने बताइएको छ ।  प्रथम हनेले ४०  हजार नगद, दितीय हुनेले ३० हजार र तृतीय हुनेहरुले १५/१५  हजार नगद पुरस्कार प्राप्त गर्ने कार्किले जानकारी दिनुभयो ।

Share.

Leave A Reply