गैंडाकोटमा जारी दोस्रो उपमेयर कप फुटबल प्रतियोगिताको सेमी फाईनल समिकरण पुरा

0

गैडाकोट, २२ फागुन । गैंडाकोटमा जारी दोस्रो उपमेयर कप फुटबल प्रतियोगिताको सेमी फाईनल समिकरण पुरा भएको छ । आजको पहिलो खेलमा कन्टिनेन्टल मावि विजयीहुदैं सेमीफाईनलमा प्रवेश गरेको छ । अमर ईङ्लिस् बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै कन्टिनेन्टल मावि सेमीफाईनलमा प्रवेश गरेको हो ।


त्यस्तै आजै भएको अर्को खेलमा श्रीकृष्ण गण्डकी मावी विजयीहुदैं सेमीफाईनलमा प्रवेश गरेको छ । जनता मावीलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीकृष्ण गण्डकी मावी सेमीफाईनलमा प्रवेश गरेको हो ।


सेमीफाईनलको पहिलो खेलमा भोली १ बजे श्रीकृष्ण गण्डकी मावी र बालज्याती मावी दमारविच प्रतिस्पर्धा हुने छ । त्यस्तै सेमी फाईनलको दोस्रो खेलमा भोली ३ बजे कन्टिनेन्टल मावि र विजय सामुदायिक शिक्षा सदनविच प्रतिस्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।


गैंडाकोट नगरपालिकाको आयोजना, गैंडाकोट महिला फुटबल क्लबको संयोजन एवं गैंडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा प्रतियोगिताको शुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने अभिप्रायका साथ शुरु भएको प्रतियोगीतामा १६ वटा टिमले सहभागीता जनाएको गैंडाकोट महिला फुटबल क्लबकी अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply