गैंडाकोटमा छालाजन्य रोगबाट संक्रमित वढि

0


सबिता तिवारी
गैंडाकोट । गैंडाकोट नगरमा पछिल्लो समय छालाजन्य रोगहरुको समस्या बढि देखीएको छ । नगरमा रहेका ६५ हजार ७८ जना व्यक्ती मध्ये ४४ हजार भन्दा बढी बिरामीले सरकारी स्वास्थ्य संस्थामा सेवा लिने तथ्याङ्क हेर्दा हालको परिप्रेक्षमा छालाजन्य रोगहरुबाट बढि संक्रमित बिरामि पाइएको नगर स्वास्थ्य शाखा संयोजक ईन्द्रप्रसाद शर्माले बताउनु भयो ।
सर्वशुलभ दरमा सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने हँुदा अधिकांश व्यक्ती सरकारी स्वास्थ्य संस्थामा सेवा लिने गरेको शर्माले बताउनुभयो । साथै उक्त समस्याको न्युनिकरणका लागि विशेष पद्धतीबाट स्वास्थ्य चौकीले बिरामीलाई निगरानी गरिरहेको बताउनुभयो । साथै उहाँले चौमासिक समिक्षा पनि गरेको बताउनुभयो ।
साथै नगरमा उक्त स्वास्थ्य समस्या बढि देखीनुको कारण स्वास्थ्य शिक्षाको कमि र बसाईसराई रहेको उहाँको भनाई थियो । उहाँले छालाजन्य रोगका कुनै लक्षणहरु देखीएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाँच गराउन नगरवासीलाई आग्रह समेत गर्नुभएको छ ।

Share.

Leave A Reply