गैंडाकोटमा गणतन्त्र दिवस

0

प्रेम क्षेत्री जेठ १५ गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनले गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

विद्यालय प्राङ्गढ गैंडाकोट ५ मा दिप प्रज्वलन गर्नुका साथै नाचगान तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । सो अवसरमा विद्यार्थीलाई गणतन्त्रबारे वृतचित्र देखाईएको थियो ।

विद्यार्थीमा गणतन्त्रबारे ज्ञान दिलाउन तथा महशुस गराउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले जानकारी दिनुभयो । विद्यालयको चौरमा गरिएको दिप प्रज्वलन कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी सहभागी थिए । कार्यक्रममा विद्यालयका प्राचार्य विश्वप्रकाश न्यौपानेले गणतन्त्रको महत्व र स्थापनाका विषयमा जानकारी गराउँदै विद्यार्थीले राजनितीबारे पनि जान्नुपर्ने बताउनुभयो ।

अघिल्ला वर्षसम्म सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक विदा दिने गरेको थियो । अघिपछि अन्य समयमा विद्यालयमा कार्यक्रम भएपनि दिवसका दिन कमैमात्र कार्यक्रम हुने गरेको थियो । विद्यालयमा पहिलो पटक यसरी दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाईएको हो ।

त्यस्तै वक्तृत्वकला प्रतियोगितामा विज्ञान पौडेल प्रथम हुनुभएको छ । साहारा सापकोटा दोश्रो तथा प्रशन्न रेग्मी तेस्रो हुनुभएको शिक्षक बाबुराम पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा १५ जनाले भाग लिएका थिए ।

कार्यक्रममा पुर्णीमा सदाशंकरले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Share.

Leave A Reply