गैंडाकोटमा अवरुद्ध सडक खुल्यो, प्रहरी कार्यालय अगाडी पीडित परिवारजन तथा आफन्तद्धारा टायर बालेर प्रर्दशन,

0

प्रेम क्षेत्री, असोज ३ गैंडाकोट । गएको सोमबार साँझ गैंडाकोट २ भृकुटी चोकमा भएको सवारी दुर्घटनामा मृत्यु भएकी हाल गैंडाकोट बस्दै आएकी चितवन गुञ्जानगरकी अनिसा रानामगरको परिवारजन तथा आफन्तले गैंडाकोटमा टायर बालेर प्रर्दशन गरेका छन् । उनिहरुले आज इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रर्दशन गरेका हुन् । प्रहरी प्रशासनले पीडितलाई न्याए दिलाउन प्रभावकारी भूमिका नखेलेको भन्दै मृतकका आफन्तले नाराबाजीसहित प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेका थिए । उनिहरुले सडकमा टायर बालेर प्रर्दशन गरेका हुन् । प्रर्दशनका कारण पुर्व पश्चिम राजमार्गमा चल्ने सवारी आवागमन रोकीएको थियो । दिनभर जस्तै बन्द सडक ३ बजेबाट खुलेको छ । तर महाकाली यातायातलाई भने चल्न नदिने आफन्तले जनाएका छन् । वार्ताबाटै सहमति गर्न आग्रह गर्दै आफन्तजनहरुले बन्द सडक खुलाएका हुन् । सवारी चालकहरुको आन्दोलनले गर्दा चितवन नवलपरासीको यातायात क्षेत्र प्रभावित बनिरहदाँ यो आन्दोलनले थप प्रभावित बनेको थियो ।
प्रर्दशनपछि ईलाका प्रहरी कार्यालय परिषरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नजिकका प्रहरी कार्यालयबाट थप प्रहरी तथा शसस्त्र प्रहरी मगाईएको थियो भने सोही रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वका प्रवक्ता, प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने दिउँसो गैंडाकोट आउनुभएको थियो । उहाँले प्रक्रियागत रुपमा कारवाही प्रक्रिया अघि वढाईएको बताउनुभयो । महाकालीबाट यातायात व्यवसायी आउन समय लागेका कारण केही ढिला भएको उहाँको भनाई छ । महाकालीबाट यातायात व्यवसायीलाई बोलाएर दुईपक्षविच छलफल गराउने प्रयास भईरहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका पिडीत परिवारले ५ लाख पाउने भएपनि पिडित परिवारको १० लाख माग रहेको जनाईएको छ ।
सोमबार साँझ ७ बजे काठमाडौंबाट महाकालीका लागि छुटेको पश्चिम नेपाल चल्ने ना ५ ख ४३१३ नम्बरको बसले ना ४१ प २६७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको स्कुटरमा समेत ठोक्किन पुगेको थियो । बसको ठक्करपछि ना ४१ प २६७५ नम्बरको स्कुटरमा सवार हाल गैंडाकोट बस्दै आएकी चितवन गुञ्जानगरकी अनिसा राना मगरको उपचारका क्रममा मृत्यु भएको थियो ।
यातायात व्यवसायी पीडित सामु आएर छलफल गरी समस्या समाधानमा लाग्नुपर्नेमा भागेको उनीहरुको मृतक परिवारजनको आरोप छ । प्रहरी कार्यालयमानै उपस्थित भएको ब्यवसायीलाई त्यहाँबाट प्रहरीले भगाएको उनीहरुले आरोप लगाएका छन् । आफन्तहरुले पीडितलाई न्याए दिलाउन प्रशासनले प्रभावकारी भूमिका नखेलेको बताउँदै आएका छन् ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर जिसीले भने कारवाही प्रक्रिया अघि बढाई सकिएको बताउनुभएको छ । उहाँले बस सञ्चालकलाई झिकाएर वार्तामा बसाउने सहमति गरी पीडितलाई न्याय दिलाउन आफू लागिपरेको बताउनुभएको छ । कानुनले दिएको अधिकार बमोजिमको रकम पीडितलाई दिलाउन आफू तयार रहेको उहाँको भनाइ छ । त्यो भन्दा बाँकी पीडितले मागेको रकम उनीहरु बसेर मिलाउनु पर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply