गैंडाकोटकै सर्वाधिक रगत संकलनकर्ता विकू

0

गैँडाकोट, ३ भदौ । गैंडाकोटमा हालसम्मकै सर्वाधिक रगत संकलन गर्ने संस्था विकू भएको छ । रक्तदान कार्यक्रममा २६ जना महिला सहित २०८ जनाले रक्तदान गर्नुभएको छ । शनिबार विकू बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको वृहत खुल्ला रक्तदान कार्यक्रममा बोल्दै क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका वरिष्ठ प्राविधिक विश्वनाथ सापकोटाले गैंडाकोटमा आयोजना गरिएका कार्यक्रमहरु मध्ये हालसम्मकै यो संख्या उच्च रहेको बताउनु भएको हो । तराईमा बाढीको प्रकोप चलेको र चितवनमा भाइरलका कारण बिरामी संख्या बढिरहेको अवस्थामा विकूले रक्तदान कार्यक्रममार्फत मानवीय सेवामा पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले रगतको अभाव भइरहेको बेला यस्तो पवित्र कार्यक्रम आयोजना गरेकोमा विकूलाई धन्यवादसमेत दिनुभएको थियो । विजय विकास केन्द्रको सभाहलमा भएको औपचारिक कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटालाई संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले ब्लड ब्याग दिएर कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलले राख्नुभएको थियो । कार्यक्रम विकूका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो । संस्थाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् विकूका पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेल, पूर्व अध्यक्ष नारायण सापकोटा, निवर्तमान अध्यक्ष हरिलाल सापकोटा, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक टिकाराम कंडेल, गैंडाकोट एकीकृत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिवाकर पौडेल, विजय एफ एमका स्टेशन म्यानेर धु्रवमणि शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव एवम् वार्षिकोत्सव तयारी उपसमितिका संयोजक गोविन्द रिमालले गर्नुभएको थियो । वार्षिकोत्सवलाई लक्षित गर्दै संस्थाले यसअघि नै दुई चरणमा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिसकेको छ । २७ औं वार्षिकोत्सव भने संस्थाले भाद्र ५ गते विजय सामुदायिक शिक्षा सदनको सभाहलमा एक विशेष समारोहका बिच गर्नेे संस्थाका कार्यकारी प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । सो कार्यक्रममा सदस्य बिमा कार्यक्रमको शुरुवात, एटिएम सेवाको शुभारम्भ, ट्यावलेट बैकिङ सेवा शुभारम्भ गरिने जानकारीसमेत उहाँले दिनु भएको छ ।

Share.

Leave A Reply