गैंडाकोटका रिजाल दाजुभाईको विदेशको सिप, हंग्री टममा लगानी

0

प्रेम क्षेत्री गैंडाकोट वैशाख ३१
गैंडाकोटका तिन युवा रिजाल दाजुभाईले नारायणगढको पुलचोकमा हंग्री टम रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् । ८ वर्ष अष्टे«लिया बसेर फर्किएका विमल रिजाल, १५ वर्षदेखी स्वदेशमा नै होटल व्यवसाय गर्दै आएका अर्जुन रिजाल र ३ वर्ष मलेसियामा बसेर फर्किएका जीवन रिजालले पुलचोक भगवती मार्ग रिभर साईडमा क्याफे सञ्चालनमा ल्याउनुभएको हो । विदेशमा सिकेको सिपलाई स्वदेशमा नै सदुपयोग गर्दै म्युजिक बार सहितको सबै परिकार पाउनेगरि क्याफे सञ्चालन गरिएको सञ्चालक विमल रिजालले जानकारी दिनुभयो । अर्का सञ्चालक अर्जुन रिजालले क्याफेमा करिब १ करोड लगानी भएको बताउनुभयो । त्यस्तै अर्का सञ्चालक जीवन रिजालले क्याफे उद्घाटनको अवसरमा एक हप्तासम्म २० प्रतिशत तथा एक महिनाभरि १० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।


क्याफेको उद्घाटन गर्दै होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले विदेश नगई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने रिजाल दाजुभाई उदाहरणीय पात्र रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो । सेवाग्राहीको स्वास्थ्यमा ध्यान दिदै सेवा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद गौतमले मर्यादितरुपमा व्यवसाय गर्न आग्रह गर्दै स्वदेशमा नै थप युवाहरुलाई रोजगार दिन सफल भएकोमा बधाइ ज्ञापन गर्नुभयो ।


कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक डाँसिराम ढकाल, सल्लाहकार दिलकुमार श्रेष्ठ, वर्तमान महासचिव नारायण श्रेष्ठ, तृतिय उपाध्यक्ष कमला गुरुङ, सचिव बुद्धिप्रसाद गौतम, होटल व्यवसायी संघ नारायणगढ ईकाईका अध्यक्ष कृष्ण महतो, उपाध्यक्ष हरिप्रसाद पौडेल, निवर्तमान अध्यक्ष देवीप्रसाद सुवेदी, भरतपुर ईकाईका अध्यक्ष टिकाराम न्युरे, रामनगर सिमलताल ईकाई अध्यक्ष रामबहादुर गुरुङ, उद्योग बाणिज्य संघका कार्य समिति सदस्य सोम काप्री, नवलपुर उद्योग संघका कार्य समिति सदस्य प्रकाश सापकोटा, चितवन उद्योग संघका कार्य समिति सदस्य मदन चिरञ्जवी पोखरेल, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख लोकबहादुर जिसी लगायतको उपस्थिती रहेको थियो ।
नेपाली, चाईनिज, ईटालियन, लगायत ब्राण्ड युक्त सेवा उपलब्ध रहेको र हरेक हप्ताको शुक्रबार र शनिबार साँझबाट लाईभ म्युजिक कन्र्सटमा राष्ट्रिय देखि स्थानिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने बताईएको छ । समाजमा हुने हरेक गतिविधीहरु जस्तै बर्थ डे सेलिब्रेशन, पार्टि सेलिब्रेशन लगायतका कार्यक्रम सञ्चालन गर्न सकिने र एक पटकमा १०० जनालाई सेवा प्रदान गर्न सकिने जनाईएको छ । रेष्टुरेण्टमा १५ जना सम्म बस्न मिल्ने भिआईपी कक्ष र सुविधा सम्पन्न खुल्ला किचन रहेको र २० जनाले प्रत्यक्ष रोजगार पाएको जनाईएको छ ।

Share.

Leave A Reply