गैंडाकोटका युवाहरुले नमूना युवा संसदको स्थापना र अभ्यास गर्दै

0

प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोटका युवाहरुले नमूना युवा संसदको स्थापना र अभ्यास गर्दैछन् । २४ वर्ष मुनिका युवाहरुले यो अभ्यास गर्नेछन् । ३ दिनको प्रशिक्षण पछि १५ गते नगर क्षेत्रका ४३ जना युवाहरुले नमूना युवा संसदको स्थापना र अभ्यास गर्नेछन् । संघिय संसदमा भएजस्तै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख चयनदेखी सचेतक, मर्यादापालक चयन गरिने छ । प्रतिपक्ष र सत्तापक्षदेखी लिएर मन्त्रि मण्डल गठन, विशेष समय र शुन्य समयमा बोल्ने तरिकाको अभ्यास गर्ने गैंडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ऋषीराम शर्माले जानकारी दिनुभयो ।


विहिबार विजय सामुदायिक शिक्षा सदनको सभाहलमा संघिय संसद सदस्य सत्यनारायण खनाल र गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले गैंडाकोट स्तरिय नमूना युवा संसदको स्थापना र अभ्यास कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद सत्यनारायण खलालले यो अभ्यास युवाहरुका लागि लाभदायक हुने बताउनुभयो । उहाँले आफ्ना अनुभव सुनाउँदै थोरै समयमा महत्वपुर्ण र धेरै कुरा बोल्न सक्नु महत्वपुर्ण हुने बताउनुभयो ।


कार्यक्रमको उद्देश्य तथा प्रकृयाका बारेमा जानकारी गराउँदै प्रमुख प्रशिक्षक राष्ट्रिय युवा परिषद्का उप सचिव धुव्रराज पौडेलले युवाका मुद्दालाई मुखरित गर्ने थलोको रुपमा यो कार्यक्रम केन्द्रित रहने बताउनुभयो । उहाँले अभ्यासमा कुनै पार्टी नहुने तर सत्तापक्ष र प्रतिपक्षको भुमिका लगायत संसदिय अभ्यास गरिने बताउनुभयो ।


कार्यक्रममा गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले गैंडाकोटमा यो फरकखालको कार्यक्रम गर्न लागिएको बताउनुभयो । यसले नगरपालिका तथा जनप्रतिनिधीलाई उत्तरदायित्व बोध गराउने बताउँदै युवाहरुले सचेत गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण चापागाईले समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने अभिप्रायका साथ शुरु गरिएको यस कार्यक्रमले युवाहरुको समस्या पहिचान र समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा गैंडाकोट नगर कार्यपालिका सदस्य शुकराम दराई, वडा सदस्यहरु हरिप्रसाद सापकोटा, नवराज कंडेल, लक्ष्मिप्रसाद सापकोटा, चोलानाथ उपाध्याय, प्रेमप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply