गैंडाकोटका कुन वडामा कस्ता योजना ?

0

प्रेम क्षेत्री, गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैंडाकोटबासी यतिबेला वडा स्तरीय योजना बनाउँन व्यस्त छन् ।

 

केही वडामा वडा स्तरीय एकीकृत योजना तर्जुमा गरिसकिएको छ भने केही वडाले यसको तयारी गरिरहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि योजना छनोट गर्न गैंडाकोट नगरपालिका वडा स्तरीय एकीकृत योजना तर्जुमा भेला विभिन्न वडामा गरिएको छ । वडाभित्र रहेका टोलविकास संस्थाका प्रतिनिधि तथा स्थानीयबासीले वडामा आ–आनो टोलका योजना अघि सारेका छन् ।
अधिकांश वडाका वडाबासीले विकास निर्माणलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले सडक विस्तार तथा कालोपत्रेसँगै, शिक्षा र स्वास्थमा जोड दिएका छन् । स्वस्थ खानेपानीसँगै सिंचाइको व्यवस्था गर्नुपर्ने नगरवासीको भनाइ छ । समुन्नत गैंडाकोट बनाउन योजनासँगै कार्यान्वयनमा लैजानुपर्ने भन्दै उनीहरुले विकास निर्माणका कार्यलाई जोड दिएका हुन् ।

गैँडाकोट ११ मा कृषि र पशुपालन

गैँडाकोट नगरपालिका वडा नम्बर ११ को वडाभेला कृषि र पशुपालनमा जोड दिँदै सकिएको छ ।
कृषि र पशुपालनमा नगरपालिकाभरिकै उत्कृष्ट एवं सम्भावित क्षेत्र भएकाले कृषि र पशुपालनलाई प्राथामिकता निर्धारण गर्दै वडाभेला सम्पन्न भएको हो । दुग्ध उत्पादनको पकेट क्षेत्र भएको भन्दै उत्पादनलाई वडाबासीहरुले प्राथामिकता दिएको गैँडाकोट नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताउनुभयो । अध्यक्ष सुवेदीले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासअन्तर्गत मणि मुकुन्दसेन दरबारको प्रर्वद्धन गरिने यस्तै लक्षित वर्ग कार्यक्रमलगायत भौतिक पूर्वाधार विकासलाई समेत महत्त्व दिएको बताउनुभयो ।
वडाको समग्र विकास र समृद्धिका निम्ति उत्पादनमा जोड दिन अपरिहार्य रहेकाले उत्पादनमुखी योजनालाई प्रमुख प्राथामिकता दिएको गैँडाकोट नगरकार्यपालिका सदस्य रमेश भट्टचनले बताउनुभयो । वडामा विकास र समृद्धि कृषि र पशुपालनबाटै सुरुवात हुने भएकाले गाई पालन व्यवसायलाई व्यावसायिक बनाउने, बोरिड्ड निर्माण, खेतबारीसम्म विद्युत् लाइन विस्तारजस्ता कार्यक्रमलाई वडाले यसपाली प्राथामिकता दिएको भट्टचनले बताउनुभएको छ । वार्ड भेलामा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेले शुभकामना मन्तव्य राख्दै समृद्ध गैँडाकोटका निम्ति उत्पादनमुखी क्षेत्रको वृद्धि विकासमा जोड दिनुभएको थियो । उहाँले गैँडाकोट ११ स्थित पितौजीघाट स्वास्थ्य चौकीलाई नगरपालिकाले नगर अस्पतालका रुपमा घोषणा गरी २५ शैयाको अस्पतालका रुपमा विकास गरिरहेको जानकारी गराउनुभएको थियो । भेलामा सामाजिक अगुवा रामचन्द्र धिताल, मुकुन्दपुर खानेपानीका सचिव वेदप्रसाद कंडेल, एकल महिला पैरवी मञ्च गैँडाकोट १०–१३ संयोजक धना सुवेदीलगायतले धारणा राख्दै वडा भित्रका ठूला र मझौला योजनाको विभाजन गर्न जोड दिनुभएको थियो । भेलाका अधिकांश सहभागीले उत्पादनमुखी योजना आएको भन्दै वडा समितिको प्रशंसा व्यक्त गरेका छन् ।
गैंडाकोट ४ मा विकास निर्माण
विकास निर्माणलाई प्राथमिकतामा राख्दै गैंडाकोट नगरपालिका वडा नम्बर ४ को वडाभेला सम्पन्न भएको छ । सडक, शिक्षा र स्वास्थमा अझै सुधार्नुपर्ने भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले विकास निर्माणका कार्यलाई जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अथिति पूर्व गाविस उपाध्यक्ष टोलनाथ घिमिरेले सम्पूर्ण योजना महत्त्वपूर्ण रहेको भन्दै प्रमुख योजनालाई प्राथमिकीकरण गनुपर्ने बताउनुभयो । कार्यक्रममा नगर कार्य समिति सदस्य कुमारीरेखा पौडेलले योजना तर्जुमाको विषयमा प्रस्ट पार्नुभएको थियो । कालीगण्डकी टोल विकास संस्थाका अध्यक्ष मदनराज घिमिरेले कृषि विकाससँगै, वडाका हरेक टोलमा सडक कालोपत्रे गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सिंचाइका लागि बोरिङको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
महादेव टोल बिकास सस्ंथाका अध्यक्ष रविन्द्रराज घिमिरिले प्लास्टिक जन्य वस्तुको उन्मुलन गर्ने कार्यक्रम र सिप मुलक तालिममा जोड दिनुभयो । उहाँले सामाजिक विकास, स्वास्थ तथा खानेपानि सरसफाई तालिम, बालबालिकाको क्षमता अभिबृद्धि कार्यक्रम, ढल निकासा र वृक्षारोपण जस्ता कुरामा जोडदिनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिति शोभाखर रिमालले विकास निमार्णमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बडा नम्बर ४ का बडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आएका सुझाव तथा योजनाहरुलाई प्राथमिकीकरण गरी योजना पार्ने बताउनुभएको थियो । साथै उहाँले यसवर्ष पर्न र हुन नसकेका योजनालाई क्रमैसँग अगामी वर्ष निरन्तरता दिने बताउनुभयो । कार्यक्रम नगर सदस्य तेजप्रसाद घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
गैंडाकोट ७ मा भौतिक पूर्वाधार
पूर्वी नवलपरासीको गैंडाकोट ७ मा वडा स्तरीय एकीकृत योजना तर्जुमा गर्दे वडा भेला बिहिबार सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ का लागि योजना छनोट गर्न गैंडाकोट नगरपालिका वडा स्तरीय एकीकृत योजना तर्जुमा भेला गरिएको हो । ५ ओटा टोलविकास संस्था रहेको वडामा आनो टोलका योजना संस्थाका अध्यक्ष एवं प्रतिनिधिले प्रस्तुत गरेका थिए । हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रमको सभा हलमा भएको कार्यक्रममा आएका योजनाहरु केही महत्त्वाकांक्षी र भौतिक पूर्वाधारतर्फ लक्षित देखिएका छन् । नारायणी नदी तटबन्धन, पार्क निर्माण, वन्यजन्तु नियन्त्रण, सीपमूलक कार्य, मन्दिर, गुम्बा, धर्म संस्कृतिलाई समेटिएका सँगै सुकुम्बासी समस्या समाधानका बारेमा पनि योजनाको माग गरिएको छ ।
आएका योजनालाई मूल्याङ्कनका साथ लिपिबद्ध गरि नगरपालिकामा पेस गर्ने प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका लागि त्यस स्थानमा बसोबास गरेका घरधुरी वास्तविक सुकुम्बासी हुन वा गैरसुकुम्बासी हुन पहिचान गर्नुपर्ने बताउनु भयो । साथै भेलामा उपस्थित वडाबासीले विगतमा भएका बाटो निर्माणको खर्च अनुसारको बाटो नबनेको गुनासो राखेका थिए ।
गैंडाकोट नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल लगायत वडा सदस्यहरु तथा वडावासीको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैंडाकोट ७ का वडा सदस्य ईश्वरीप्रसाद चापागाईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा वडा अध्यक्ष चोलनाथ उपाध्यायले आएका योजनालाई प्राथमिकीकरण गर्दै वडाको विकासका लागि लागिपर्ने बताउनुभयो ।
गैंडाकोट ६ मा आयमूलक कृषि सिंचाइ र सडक निर्माण
आयमूलक कृषि सिंचाइ र सडक निर्माणमा योजनाहरु बढी माग भएको गैंडाकोट वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभएको छ । शुक्रबार गैंडाकोट ६ मा आयोजना गरिएको वडा भेलामा बोल्दै उहाँले विशेष गरेर वडा नम्बर ६ मा लागुपदार्थ दुव्यसनी विरुद्धका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको समेत बताउनुभयो । साथै प्राथमिकताका आधारमा कार्य गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल प्रमुख अतिथिका रुपमा रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै समग्र गैंडाकोटमा कृषि साथै अन्य क्षेत्रको विकासको लागि कार्य गरिरहेको उल्लेख गर्नुभयो । सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कडेंल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, कालिका मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, विजय नगर खानेपानीका अध्यक्ष विष्णुप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । वडा भेलामा विभिन्न संघसंस्था बाट आएका योजनाहरुमध्ये कृषि र नारायणी तटबन्धनलाई पहिलो प्रथामिकता दिन आग्रह गरिएकोे थियो । कार्यक्रमको सहजीकरण सुभाष चापागाईंले गर्नुभएको थियो ।
गैंडाकोट ८ मा बालमैत्री कार्यक्रम प्राथमिकतामा
विभिन्न योजना र नीति तर्जुमासँगै २०७५ चैत्रसम्ममा बालमैत्री नगरपालिका बनाउने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको गैंडाकोट वडा नम्बर ८ का वडाध्यक्ष डिलाराम रिजालले बताउनुभएको छ । वडालाई समृद्ध बनाउन विभिन्न योजनाहरुमा प्राथामिकता निर्धारण गर्दे गैंडाकोट वडा नम्बर ८ को वडाभेला सम्पन्न भएको हो । वडामा कृषि र पशुपालनको प्रचूर सम्भावना रहेकाले कृषि र पशुपालनतर्फ प्राथामिकता दिएका गैँडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजालले बताउनुभएको छ । वडाबासीको चाहनाअनुरुप आयमूलक तथा उत्पादनमुखी योजनालाई प्राथामिकता दिएको वडाध्यक्ष रिजालले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कंडेलको प्रमुख आतिथ्यमा वडाभेला सम्पन्न भएको हो । वडाभेलालाई सम्बोधन गर्दै उपप्रमुख कंडेलले नगरपालिकाको विकासका निम्ति कृषि र पशुपालन बलियो आधार रहेको बताउनुभयो । नगरपालिकामा नगरबासीका अपेक्षा धेरै भएपनि सबै एकैपटक पूरा हुन नसक्ने भएकाले तिनलाई व्यवस्थित गर्दै पूरा गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले नगरपालिकालाई बालमैत्री, वातावरण मैत्री एवं स्वच्छ, सुन्दर हराभरा बनाउन वडा कार्यालयले वार्डभित्रका टोल सुधार संस्थालगायत अन्य निकायसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ समाजसेवी तिलकप्रसाद सापकोटा, समाजसेवी दिवाकर पौडेल, शिक्षाप्रेमी कमल सुवेदी, पूर्व वडाध्यक्ष शालिकराम सापकोटा लगायतले विकास र रूपान्तरणका लागि सहकार्यमा जोड दिनुभएको थियो । भेलामा वार्डभित्रका टोल सुधार संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतले कृषि र पशुपालन, यस्तै शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानीजस्ता योजनाहरुमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
गैंडाकोट ९ मा कृषिलाई प्राथमिकता
गैंडाकोट वडा नम्बर ९ का वडा भेलाका सहभागीले वडामा कृषिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
गैंडाकोट ९ मा भएको वडा स्तरिय एकीकृत योजना तर्जुमा कार्यक्रममा उनिहरुले भित्रि सडक निमार्णसँगै, तटबन्धन लगायत भौतीका विकासलाई जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले वडामा भएका सम्पुर्ण समस्या वडाको मात्रै नभएर नगरकै भएकाले कुनै समस्या आउन नदिने बताउनुभयो । साथै उहाँले वडाबासीले माग गरेका योजनाहरुमालाई सकेसम्म बजेट पार्ने बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका उप–प्रमुख बिष्णुकुमारी कडेंलले नगर विकासका लागि निरन्तर लागिपरेको बताउनुभयो । उहाँले आएका योजनालाई एकिकृत गर्दै प्राथमिकिकरण गरि बजेट निकासा गुर्नपर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा न. ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले आएका योजनालाई प्राथमिकरण गर्दै वडाको विकासका लागि लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल लगायतवडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायत वडाबासीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक बन स्थानिय महासंघ गैंडाकोटका अध्यक्ष खगराज सापकोटले गर्नु भएको थियो ।
गैंडाकोट १४ मा सिंचाई र जिविकोपार्जन
गैंडाकोट १४ को वडा भेलामा स्थानियले विपन्न समुदायलाई माथी उकास्न जिविकोपार्जन हुने खालका कार्यक्रमसँगै विकास निमार्णका कार्यमा जोड दिएका छन् ।
वडा भेलाका सहभागिले घरेलु मदिरा निरुत्सानका लागि बाख्रापालन लगायतका जिविकोपार्जनका कार्यक्रममा जोड दिएको गैंडाकोट १४ का वडा अध्यक्ष कोकीसरा रानामगरले जानकारी दिनुभयो । सँगै सिंचाईका लागी ४ वटा बोरिङ, सडक विस्तार, कृषि विकासका कार्यक्रमले प्राथमिकता पाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले वडाबाट आएका योजनालाई सकेसम्म पुरा गर्ने बताउनुभयो । कार्यक्रममा नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले वडाबाट आएका योजनालाई एककिृत गर्दै प्राथमिकिकरण गर्ने बताउनुभयो । कार्यक्रमगैंडाकोट १४ का वडा अध्यक्ष कोकीसरा रानामगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
गैँडाकोट २ मा श्मसानघाटको व्यवस्थापन र भृकृटी कागज कारखानाको राष्ट्रियकरण
गैँडाकोट नगरपालिका वडा नम्बर २ को वडाभेलाले दिर्घकालिन महत्वका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।
यस्तै वडाको पहिचान राख्ने विभिन्न योजनाहरु प्राथामिकता परेको गैँडाकोट–२ का वडाध्यक्ष धुव्रराम पौडेलले बताउनुभयो । वडाध्यक्ष पौडेलले वडामा रहेको सुकुम्बासी र श्मसानघाटको व्यवस्थापन र भौतीक संरचना निर्माणका योजनाले प्राथामिकता पाएको बताउनुभयो । खासगरि बिग्रिएका सडक मर्मत सम्भार तथा उत्पादनमुखि कार्यक्रमलाई जोड दिईएको उहाँले बताउनुभयो । नारायणी तटबन्धन, कृषीमा आधुनीकरण तथा पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सकिने सम्भावनाहरुलाई वडा भेलामा प्रस्तुत गरीएका थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटका बिभिन्न वडा भेलाबाट आएको प्रमुख समस्या नारायणी तटबन्धन र २ नम्बर वडाको परिपेक्षमा लामो समयदेखी बन्द भएको भृकृटी कागज कारखानाको राष्ट्रियकरण गर्न सर्वोच्चसँग पहल गर्ने कुरालाई प्रथामीकतामा लैजाने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेलले सम्रग गैंडाकोट नगरपालिकाको नै विकासका लागि कृषी क्षेत्रलाई पहिलो प्राथामीकता दिन आवश्यक रहेको बताउनुभयो । गैंडाकोट २ लाई शैक्षीक हब बनाएर विदेशीलाई ल्याई पढाउन सकिने बातावरण बनाउन सकिने अक्सर्फोड कलेज अफ इन्जिनियरीङ म्यानेजमेन्टका प्रिन्सिपल हरि भण्डारीले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गैंडाकोट नगरकार्यपालिका सदस्य रेखा पौडेल लगायत विभिन्न टोल विकास संस्थाका पधादीकारीहरुको उपस्थिती रहेको थियो ।
गैंडाकोट १ मा १५० वटा योजना
गैंडाकोट १ मा बिभिन्न प्रकारका योजना तर्जुमा गर्दै वडा भेला सम्पन्न भएको छ । वडा भेलामा १५० वटा योजनाहरु परेका छन् । उक्त योजनाहरु पुरा गर्न करीब ९ करोड बजेटको आवश्यक रहेको गैंडाकोट वडा नम्बर १ का वडा अध्यक्ष हरीप्रसाद सापकोटाले बताउनुभयो ।
नारायणी तटबन्धन, कृषिमा आधुनीकरण तथा धार्मीक स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावनाहरुलाई वडा भेलामा प्रस्तुत गरीएका थिए । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले धार्मीक स्थलहरुको संरक्षण र बिकास साथै कृषिमा आत्मनिर्भर बन्ने कुरालाई पहिलो प्रथामीकतामा लैजाने बताउनुभयो । आन्तरीक र बाह्य पर्यटकको आर्कषणको केन्द्र मौलाकालीका र देवघाटधामको विकासका लागि योजनाहरु पार्न आवश्यक रहेको गैंडाकोट वडा न. १ का वडा सचिव पदमप्रसाद अधिकारीले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण वडा सदस्य सुरेन्द्र प्रसाद रेग्मीले गर्नु भएको थियो ।
गैंडाकोट ३ मा घर घरमा बिजुली
गैंडाकोट नगरपालिका वडा नम्बर ३ को घर घरमा विजुली पु¥याउने लक्ष्य सहित वडा भेला सम्पन्न भएको छ ।
ढोडेनी वडा भवनमा भएको भेलाबाट २०७५÷०७६ को निति तथा कार्यक्रम तर्जुमा गरिएको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । उहाँले वडा नम्बर ३ मा अबको १ बर्षभित्र सम्पुर्ण घर घरमा बिजुली बत्ती पुर्याउने र बालबिबाहलाई रोक्ने बताउनुभयो । साथै उहाँले खानेपानीमा सहज आपुर्ती गर्न सक्दो पहल गर्र्ने प्रतिबद्धता जनाउनुभयो ।
समाजसेबि धन बहादुर चितैरे, श्रीकृष्ण माबिका प्राचार्य सुर्यनाथ तिवारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply