गैँडाकोट–९ मा मंगलादेवी मार्ग पुल निमार्ण शिलन्यास

0

गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य एवं नेपाली कांग्रेशका महामन्त्री डा. शसांक कोईरालाले नवलपुरमा विकासले छिट्टै गति लिने बताउनुभएको छ ।

गैँडाकोट–९ मा आज मंगलादेवी मार्ग पुल निमार्ण शिलन्यास कार्यक्रममा बोल्दै उहाँले अबको ५ वर्ष आफु नवलपुरको विकासमा केन्द्रित हुने बताउनुभयो । बाँधखोला टोल विकास संस्थाको आयोजनामा भएको सो कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ (१) का प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले अब विकासले फड्को मार्ने भन्दै विकास निमार्णमा स्थानियको पनि सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गैंडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कंडेलले नगरपालिकाको सहयोगमा नगरका विभिन्न क्षेत्रमा विकास निमार्णका काम भईरहेको बताउनुभयो । उहाँले अपुग पैसा नगरपालिकाबाट नै विनयोजन गर्ने समेत बताउनुभयो । गैंडाकोट वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले जन आवश्यकतालाई मध्यनजर गरि क्रमश वडाको विकास गर्ने बताउनुभयो ।

पुल निमार्णका लागि गैंडाकोट नगरापालिकाको ११ लाख रुपैयाँ छुट्टाएको जनाईएको छ । २ महिना भित्र निमार्ण सम्पन्न गर्नेगरी कार्यको थालनी गरिए पनि करिब १५ देखी २० लाख रुपैयाँ लाग्न सक्ने बाँधखोला टोल विकास संस्थाका अध्यक्ष उत्तमप्रसाद बकावलले बताउनुभयो । त्यसका लागि स्रोतको खोजी भईरहेको उहाँले बताउनुभयो । नगरपालिकाका ईन्जिनियर मोदनाथ न्यौपानले स्टिमेट गरेको सो पुल ठेकेदार देउबहादुर सुनारलाई जिम्मा दिईएको छ । पुल नगरपालिका र स्थानियको प्रत्यक्ष निगरानीमा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

बाँधखोला टोल विकास संस्थाका उपाध्यक्ष रुपनारायण श्रेष्ठको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा सोही वडाका ईन्द्रबहादुर कार्कीले गाउँको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम बाँधखोला टोल विकास संस्थाका अध्यक्ष उत्तमप्रसाद बकावलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply