गैँडाकोट ९ मा खेलमैदान नदिनाला, बनजंगल तथा धार्मीक सम्पदा समृद्धिको आधार रहेको जनप्रतिनिधिको भनाई ।।

0

गैँडाकोट । गैँडाकोट ९ मा रहेको खेलमैदान नदिनाला, बनजंगल तथा धार्मीक सम्पदा समृद्धिको आधारको रुपमा रहेको जनप्रतिनिधिले बताएका छन् ।

विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वर्ष प्रवेश गर्न लागेको पूर्व सन्ध्यामा आयोजित अन्तक्रिया कार्यक्रममा उनिहरुले औधोगिक क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । उनिहरुले उद्योगबाट निस्कने फोहर मुख्य चुनौतीको रुपमा रहेको बताएका थिए । गैंडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले गैंडाकोट ९ मा रहेका समस्यालाई समाधान गर्दै समुन्नत वडा निमार्णमा लागिपरेको बताउनुभयो । कृषि क्षेत्रको प्रवर्धनका विषयमा अघि बढ्न सकिने उहाँले बताउनुभयो । कृषि क्षेत्रको उन्नयनकालागि पशुपालनजस्ता कार्यक्रमलाई अघि बढाउनु पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । उहाँले गैंडाकोट नगरभित्रको फोहर गैंडाकोट ९ मा विसर्जन गरिदैं आएकोमा त्यसलाई मंसिरदेखी रोक्ने बताउनुभयो ।

यसैगरी वडा सदस्य धामनाथ सापकोटाले वडा स्तरबाट नै योजना बनाएर सवै क्षेत्रलाई समेट्ने गरि अघि बढिएको बताउनुभयो । नवजागरण खेल मैदानलाई व्यवस्थित गर्दै लगिएको बताउनुभयो । गैँडाकोट ७ राष्टिय अन्तरास्टिय रुपमा चर्चामा आउनुका साथै स्थानीयको जीवनस्तरमा सुधार आउने बताउनुभयो ।

यसैगरी अर्का वडा सदस्य भवानी वर्तौलाले गैँडाकोट ९ समस्या भन्दा पनि वढि सम्भावनायुक्त क्षेत्र रहेको बताउनुभयो । साथै उहाँले समृद्धिका लागि महिलाको जिवनस्तरमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाको क्षमता अभिवृद्धीका लागि केही प्रयास पनि भईरहेको बताउनुभयो । वडामा रहेको खेलमैदान तथा धार्मीक सम्पदा समृद्धिको आधारको रुपमा रहेको उहाँको भनाई थियो ।

Share.

Leave A Reply