गैँडाकोट ८ समृद्धि उन्मुख छ, राष्ट्रिय ख्याती कमाएका संघसंस्थासंगको सहकार्य आवश्यक छ – जनप्रतिनिधि

0

गैँडाकोट, २५ श्रावण । गैँडाकोट ८ समृद्धिको यात्रा तर्फ उन्मुख रहेको गैँडाकोट ८ का जनप्रतिनिधिले बताएका छन् । सामुदायिक रेडियो विजय एफ एम १०१.६ गौरवमय १५ औँ वर्ष प्रवेश गरको अवसरमा आयोजित स्थानीय तहको समृद्धि र मिडियाको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उनिहरुले गैँडाकोट ८ मा रहेका संघसंस्थाको सहकार्यमा योजनागत रुपमा समन्वय गरेर अघि बढ्न सके समृद्धि आधार कोर्न सकिने बताएका हुन ।
गैँडाकोट ८ लाई बालमैत्री, फोहोरमैला व्यवस्थापन लगायतका काम गर्न गैँडाकोट ८ लाई कुनै समस्या नभएको गैँडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजालले बताउनुभयो । यसैगरी दशैँ अघि नै सरसफाईयुक्त वडा घोषणा गर्न सकिने अध्यक्ष रिजालले बताउनुभयो । गैँडाकोट ८ मा विभिन्न राष्ट्रिय रुपमा ख्याती प्राप्त संघसंस्था, सञ्चारमाध्यम रहेको हुनाले यीनै संघसंस्थाहरुसंग सहकार्य गरेर अघि बढ्न सके समृद्धि प्राप्त हुने अध्यक्ष रिजालले बताउनुभयो ।
वडा सदस्य हरिमाया अधिकारीले गैँडाकोट ८ मा महिलाको क्षमता अभिवृद्धिको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । महिलाका क्षमता अभिवृद्धि नगरी समृद्धिको खाका कोर्न नसकिने भन्दै यस्ता कार्यक्रमको प्रभावकारीता बढ्दै गएको अधिकारीले बताउनुभयो ।
वडा सदस्य नरेश थापाले सडक निर्माणको सन्दर्भमा सबैकाम वडाको तवरबाट गर्न समस्या हुने र यसका लागि नगर तथा सडक विभागसंगको समन्वय हुनुपर्ने बताउनुभयो । निर्वाचन पश्चातको १४ महिनाको अवधिमा आर्थिक वर्ष २०७४÷७५ को अवधिमा बिनियोजित बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएका छौँ । गैँडाकोट ८ मा विभिन्न संघसंस्था रहेको हुनाले तिनै संघसंस्थासंगको सहकार्य गरेर अघि बढ्न सकियो भने समृद्धि भेटट्न सकिने थापाले बताउनुभयो ।
दलित महिला सदस्य शुशिला परियारले वडामा दलित समुदायको ठूला समस्या नभएको बताउनुभयो । ५०÷५५ घरपरिवार दलित समुदायको रहेको गैँडाकोट ८ मा दलित समुदायको क्षमता अभिवृद्धिका लागि काम भइरहेको बताउनुभयो । परियारले दलित समुदायलाई शिक्षामा निशुल्क हुनुपर्ने बताउनुभयो । दलित समुदायलाई सीपमूलक र जनचेतना मूलक कार्यक्रमको खाँचो यस्ता कार्यक्रम अघि बढाउन सकियो भने वडा समृद्धि तर्फ जान सक्ने परियारको भनाइछ । एसईई दिएर पढाइ छाड्ने समस्या न्यूनिकरण गर्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply