गैँडाकोट ८ मा बालमैत्री नगर बनाउने योजना पहिलो प्राथमिकता

0


गैँडाकोट, १८ जेष्ठ । बिभिन्न योजना र निति तर्जुम संगै २०७५ चैत्र सम्ममा बाल मैत्री नगरपालीका बनाउने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखीएको गैडाकोट वडा नम्बर ८ का वडाध्यक्ष डिलाराम रिजालले बताउनुभएको छ । वडालाई संमृद्ध बनाउन विभिन्न योजनाहरुमा प्राथामिकता निर्धारण गर्दे गैडाकोट वडा नम्बर ८ को वडाभेला सम्पन्न भएको हो । वडामा कृषि र पशुपालनको प्रचुर सम्भावना रहेकाले कृषि र पशुपालन तर्फ प्राथामिकता दिएका गैँडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजालले बताउनुभएको छ ।
वडाबासीको चाहना अनुरुप आयमुलक तथा उत्पादन मुखि योजनालाई प्राथामिकता दिएको वडाध्यक्ष रिजालले बताउनुभएको छ । गैँडाकोट नगरपालिका वडा नंम्बर ८ का वडाध्यक्ष डिलाराम रिजालको अध्यक्षता तथा नगरपालिकाका उप–प्रमुख विष्णु कुमारी कंडेलको प्रमुख आतिथ्यतामा वार्डभेला सम्पन्न भएको हो । वार्डभेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथ िगैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले नगरपालिकाको विकासका निम्ति कृषि र पशुपालन बलियो आधार रहेको बताउनुभएको छ ।

Share.

Leave A Reply