गैँडाकोट ७ मा समृद्धिको आधार कृषि क्षेत्र, यसकालागि सिंचाईमा जोड दिनुपर्ने जनप्रतिनिधिको भनाई ।।

0

गैँडाकोट । गैँडाकोट ७ मा पनि समृद्धिको आधारको रुपमा कृषि क्षेत्रको प्रवर्धन रहेको गैँडाकोट ७ का जनप्रतिनिधिले बताएका छन् । विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वर्ष प्रवेश गर्न लागेको पूर्व सन्ध्यामा आयोजित अन्तक्रिया कार्यक्रममा उनिहरुले कृषि क्षेत्रको प्रवर्धनका विषयमा अघि बढ्न सकिने बताएका छन् । कृषि क्षेत्रको उन्नयनकालागि सिंचाई जस्ता कार्यक्रमलाई अघि बढाउनु पहिलो प्राथमिकतामा रहेको वडा अध्यक्ष चोलानाथ उपाध्यायले बताउनुभयो । उपाध्यायले गैँडाकोट ७ मा विपि रंगशाला निर्माण गर्न सकियो भने गैँडाकोट ७ राष्टिय अन्तरास्टिय रुपमा चर्चामा आउनुका साथै स्थानीयको जीवनस्तरमा सुधार आउने बताउनुभयो । वडा अध्यक्ष उपाध्यायले गैँडाकोट ७ मा १४ महिनाको अवधिमा धेरै काम भएको दाबी गर्नुभएको छ ।

यसैगरी अर्की वडा सदस्य उमादेवी सापकोटाले पनि गैँडाकोट ७ को समृद्धिका लागि कृषि क्षेत्र बलियो आधार रहेको बताउनुभयो । यसका लागि सिंचाईको क्षेत्रमा केही काम भएपनि थप योजना सहित काम अघि बढाउन आवश्यक भएकोमा जोड दिनुभएको छ । १४ महिनाको अवधिमा महिला शसक्तिकरणको क्षेत्रमा आयमूलक, सीपमूलक विभिन्न प्रभावशाली कार्यक्रम भएको सापकोटाले बताउनुभयो ।

यसैगरी अर्की वडा सदस्य लिला कुमालले सुकुम्बसी समस्या समाधान गर्नुपर्ने, पीछडीएको वर्गलाई अघि लिएर आउनुपर्ने, बजेटलाई सम्पूर्ण नगरभित्र समान तवरले वितरण गर्नुपर्ने बताउनुभयो । सुकुम्बासी बस्तीको बिकासमा कसैको ध्यान पुग्न नसक्दा आफ्र जनप्रतिनिधि भएर सुकुम्बासी समुदायको आवाज उठाउनका लागि जनप्रतिनिधि भएको कुमालको भनाइ छ ।

यसैगरी वडा सदस्य छलिमाया परियारले दलित समुदायको उत्थानका लागि आयमूलक कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । समाजमा पछि परेका समुदायलाई अघि बढाउन सकियो भने समृद्धि भेटाउन सकिने परियारको भनाइ रहेको छ । दलित समुदायमा जनेचतना बढाउने काम गरीरहेको छु ।

Share.

Leave A Reply