गैँडाकोट ६ मा तीन दिने कानुनी परामर्श तथा लेखा तालिम सुरु

0


गैँडाकोट, २१ जेठ । महिला सञ्जाल गैंडाकोट नगरपालिका वडा न. ६ को आयोजनामा तीन दिने कानुनी परामर्श तथा लेखा तालिम सञ्चालन भएको छ । गैंडाकोट ६ कालिका विद्यापीठको सभाहलमा सोमबारदेखि तालिम सुरु भएको हो ।

बुधबारसम्म तालिम सञ्चालन हुनेछ । तालिममा वडा नम्बर ६ का १२ वटा महिला समूहका महिलाहरु र जनजातिको तर्फबाट गरी ४० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा प्रमुख अतिथिका रुपमा रहनुभएको थियो ।उहाँले महिला विकासका लागि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

अविरत बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक गोविन्द सापकोटाले प्रशिक्षण दिनुभएको थियो । तालिमको पहिलो दिन तालिममा सहभागी महिलाहरुलाई आर्थिक कारोबार सहज तरिकाले राख्न सकून् भन्ने उद्देश्यले अभिलेख राख्न,ब्याज निकाल्न, खाता पाता सञ्चालन गर्न, भौचर भर्न लगायतका विविध विषयमा प्रशिक्षण गरिएको थियो ।

यसैगरी तालिमको दोस्रो दिन कानुनी परामर्शका बारेमा तालिम दिने र अन्तिम दिन लेखासम्बन्धी तालिम दिइने भएको छ । कार्यक्रमको अध्यक्षता महिला सञ्जालकी अध्यक्ष राधा पौडेलले गर्नुभएको थियो । महिला सञ्जालकी सचिव चन्द्रकला विकले कार्यक्रमको सहजीकरण गर्नु भएको स्थानीय कुष्ण सुवेदीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply