गैँडाकोट ५ को पारिजात बाल क्लबमा नयाँ कार्यसमिति

0


अजय पौडेल
गैँडाकोट, १९ फागुन । गैंडाकोट ५ मा रहेको पारिजात टोलमा रहेको बाल क्लबको आज नयाँ कार्यसमिति चयन गरिएको छ । पारिजात टोल बिकास संस्थाका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले दिपिका सापकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सर्बाणी बसौला, सचिबमा सगुन भट्टराई , कोसाध्क्षमा प्रदिप्ती कंडेल, सह सचिबमा आयुस दाहाल, त्यसैगरी सदस्यहरुमा दिपेश ढुंगाना, सुदिप ढुंगाना, प्रशंना रेग्मी, कुशल भट्टराई, सम्भब ढकाल, सुपथ लामिछाने, सुशान्त पौडेल, सरोज पोख्रेल सहितको कार्यसमिती चयन गरिएको हो । कार्यक्रममा पारिजात टोल बिकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply