गैँडाकोट ५ का वडाध्यक्षलाई घरमै पुगेर दिए बृद्धबृद्धाले आर्शिबाद

0

गैँडाकोट २८ जेठ ।

गैँडाकोट नगरपालीका वडा नं ५ का वडाध्यक्ष नवराज कण्डेललाई वडाका बृद्धबृद्धाले घरमै पुगेर आर्शिबाद दिएका छन् । बाग्लुङ पैयु कंडेल दाजुभाई सम्पर्क समितीको आयोजनामा वडाका करिब ३ दर्जन बृद्धबृद्धा शनिबार कंडेलको घरमै पुगेर आर्शिबाद दिएका हुन् ।

सम्पर्क समाजले आयोजना गरेको सम्मान कार्यक्रममा बृद्धबृद्धाले सबै बर्ग समुदाय र उमेर समुहका व्यक्तीलाई महशुस हुने गरी काम गर्न सुझाव दिए । सम्पर्क समितीका अध्यक्ष हरिप्रसाद कण्डेल हिरालालले कुनै एक दलको कार्यकर्ता भएर मात्रै जित नभएको भन्दै सबै दल र वडाका मतदाताको सम्मानस्वरुप जित भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “नवराजलाई कुनै एक दलको भोट मात्रै छैन् । सम्झनुहोस् अरु दलका साथीहरुले भोट दिनुभएको छ । कसैले छोरो नाती दाई भाई साथी भनेर दिएका छन् सबैको भोटको कदर गर्नु तपाईको जिम्मेवारी हो ।”


कार्यक्रममा उपस्थित सबैलाई निर्वाचीत वडाध्यक्ष कण्डेलले ज्येष्ठ नागरीकको आर्शिबाद आफुलाई लागेको भन्दै धन्यवाद स्वरुप सबै ज्येष्ठ नागरीकलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको छ । कार्यक्रममा बोल्दै गुरुप्रसाद कंडेल, तिलक कंडेल लगायतले वडाबासीको हितमा काम गर्न सरकारले प्रयाप्त अधिकार दिएको भन्दै आफ्नो अधिकार सदुपयोग गरेर सबैको मन जित्न आग्रह गर्नुभयो । वडाकी ९५ बर्षीय ज्येष्ठ नागरीक सरस्वती कंडेलको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा समितीका सहसंयोजक भुमीस्वर कंडेलको स्वागत मन्तव्य रहेको थियो ।

Share.

Leave A Reply