गैँडाकोट ४ शान्ति श्री टोलमा ज्येष्ठ नागरिकलाई सम्मान

0


गैँडाकोट, ८ मंसिर । गैँडाकोट ४ को शान्ति श्री टोल विकास संस्थाले शनिबार ज्येष्ठ नागरिकलार्ई सम्मान गरेको छ । टोलमा रहेका ८० बर्ष भन्दा माथि उमेर समुहका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशनमा संस्थाले  ज्येष्ठ नागरिकलार्ई सम्मान गरेको हो । सम्मान हुनेमा गौरादेवी सुवेदी, मथुरा सापकोटा, चन्द्रकला उपाध्याय, तेज कुमारी न्यौपाने, भक्तप्रसाद पोख्रेल, ढुण्डिराज वास्ताकोटी, चन्द्रलाल वाचे, सुनीमाया वाचे, लालीसरा आले र भक्तबहादुर आले हुनुहन्थ्योे । कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले टोल विकास संस्थाले गर्दा विकास निर्माणका काम गर्न सजिलो भएको बताउनुभयो । न्यौपानेले शान्ति श्री टोल विकास संस्था भित्र रहेको बाल उद्यानलाई व्यवस्थित बनाउने समेत बाचा प्रकट गर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष मेघनाथ तिवारी, वडा सदस्य तेजप्रसाद घिमिरे, वडा नम्बर ४ का टोल सन्जालका अध्यक्ष लक्ष्मी भट्टराई गैँडाकोट नगरपालिका नगर कार्यपालीका सदस्य संगिता घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष ओमप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव सूर्यप्रसाद पराजुलीले गर्नुभएको थियो ।

Share.

Leave A Reply