गैँडाकोट ४ मा विकासको सम्भावना यस्तो छ

0


गैँडाकोट, २३ श्रावण । विकास भनेको बटम थिचेर फ्याट्ट हुने होइन, यो श्रृखंला बद्ध पक्रिया हो, इमान्दारिताले लक्ष्य भेटिने गैँडाकोट ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले बताउनुभएको छ ।  गैँडाकोट ४ मा समग्र नगरपालिकाकै समृद्धिका आधार रहेको न्यौपानेको भनाइ छ । विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित स्थानीय तहको समृद्धि र मिडियाको भूमिका विषयक वडा जनप्रतिनिधिसंगको अन्तक्रिया कार्यक्रममा गैँडाकोट ४ का जनप्रतिनिधिले विकासका लागि गँैडाकोट ४ मा धेरै सम्भावना रहेको बताउनुभएको छ ।

अध्यक्ष न्यौपानेले कोरला नाका जोड्ने कालिगण्डकी करीडोर गैँडाकोट ४ भएर अघि बढ्ने भएकाले यसको निर्माण पछि पर्यटकीय र व्यवासयिक क्षेत्रको रुपमा गैँडाकोट ४ केन्द्र बन्ने दाबी गर्नुभयो । विकास प्रक्रिया विस्तारै हुने भएकाले राज्यको योजनामा रहेको कालिगण्डकी करिडोर निर्माण पक्रिया सुरु हुन आशाको पक्ष रहेको न्यौपानेको भनाइ छ । निर्वाचन पछिको एक वर्षमा विजय एफ एमको कार्यक्रम हाम्रो नगरमा गैँडाकोट ४ को नाला निर्माणका विषयमा गरेको प्रतिवद्धता पुरा गरेको न्यौपानेले बताउनुभयो ।
अध्यक्षले मिडिया भनेको दृष्टिविहिनका लागि आँखा हो भन्दै स्थानीय तहको समृद्धिका लागि विजय एफ एमको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । विजय एफ एमले गैँडाकोट ४ संगै सम्पूर्ण नगरकै फोहोरमैलाको व्यवस्थापनमा निरन्तर खबरदारी गर्नुपर्ने सुझाब दिनुभएको छ ।
यस्तै नगरकार्यपालिका सदस्य तथा महिला सदस्य संगिता घिमिरेले गैँडाकोट ४ को समृद्धिका लागि आधार तय भइरहेको बताउनुभयो । महिला सशक्तिकरणका लागि प्रयाप्त बजेट नभएको गुनासो समेत राख्नुभयो । उहाँले समग्र वडाकै बजेट कम भएको तर त्यसलाइनै प्राथमिकताका आधारमा विभाजन गरेर अघि बढीरहेको बताउनुभयो । वडा भित्र उहाँले महिला तथा बालबालिका क्षेत्रको विभिन्न कामको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
यसैगरी वडा सदस्य तेजप्रसाद घिमिरेले गैँडाकोट ४ मा प्रयाप्त विकासको सम्भावना रहेको बताउनुभयो । यसकालागि दीर्घकालिन योजनाका साथ अघि बढ्न आवश्यक रहेको हुँदा यसका लागि वडाले काम पनि अघि बढाइरहेको बताउनुभयो । आगामी साढे ३ वर्षको अवधिमा वडाले सम्भावनाको आधारशीला खडा गर्ने बताउनुभयो । विकास श्रृखंलाबद्ध पक्रिया रहेको बताउँदै घिमिरेले विकासको सन्दर्भमा मिडियाले सम्बन्धित निकायहरुलाई निरन्तर उत्तरदायी बनाउन सुझाब दिनुभयो ।
यसैगरी दलित महिला सदस्य ज्ञानसरा विकले गैँडाकोट ४ मा कृषि क्षेत्रको प्रयाप्त सम्भावना रहेको बताउनुभयो । कृषि क्षेत्र अन्तर्गत तरकारी, कुखुरा पालन, पशुपालनका क्षेत्रमा लगानी गर्न सकियो भने समृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले गैँडाकोट ४ मा कृषि क्षेत्रमा भइरहेका विभिन्न कामको अनुगमन गर्दै आउनुभएको छ ।
गैँडाकोट ४ मा चालु आर्थिक वर्षका लागि वडास्तरीय रुपमा करिब ५० लाख बजेट बिनियोजन भएको छ भने नगर तथा अन्य बाह्य योजना अनुसार पौने २ करोड जतिको बजेट रहेको जनप्रतिनिधिले बताएका छन् । चालु आर्थिक वर्षका लागि वडा स्तरीय बजेट अन्तर्गत शिवालय नमुना टोल विकास संस्था अन्तर्गत ट्रान्सफर्मा चोक देखि उत्तर नमूना युवा समाजको भवनसम्ममा १७ लाख बजेट विनियोजन गरिएको छ । कृषि तथा पशुविकासका लागि १ लाख, महिला, जेष्ठ नागरिक अपागं शशक्तीकरणका लागि १ लाख, युवा तथा बालबालिकाका र खेलकुदका लागि १ लाख बजेट विनियोजन गरिएको छ । सिद्धार्थ चोक देखि डिबी गुरुगंको घरसम्मको पिच बाटो मर्मतका लागि १२ लाख, वडाका सम्पूर्ण कच्ची बाटो ग्रावेल गर्न ७ लाख रुपैँया विनियोजन गरिएको छ । वडाको अधिकांश बजेट सडकको स्तरउन्नतीमा खर्च गरिने भएको छ ।
सामुदायिक रेडियो विजय एफ एम १०१.६ गौरवमय १५ औँ वर्ष प्रवेश गर्न लागेको अवस्थामा सुशासन र विकासका लागि वडा जनप्रतिनिधिहरुसंग अन्तक्रिया कार्यक्रम गरिरहेको छ । आज बेलुका ४ बजे गैँडाकोट ५ का वडा जनप्रतिनिधिहरुसंग अन्तक्रिया कार्यक्रम हुनेछ ।

Share.

Leave A Reply