गैँडाकोट ३ मा सिंचाइको समस्या

0

पवित्रा पराजुली
गैँडाकोट, १९ चैत । कृषि उत्पादनका लागी सिचाई आबश्यक छ । गैडाकोट ३ मा रहेको केलादीमा सिचाईंको समस्या ले गर्दा आफुह? ले केही गर्न नसकिएको स्थानीयले गुनासो गरेका छन् । अब यसको लागि आफनो तर्फबाट सक्ने काम गरिरहेको जनप्रतिनिधीले बताएका छन् । गैडाकोट नगरपालीका बडा नम्बर ३ मा पर्छ केलादी जहाँ ३२ घरधुरी मात्रै छ । यो सुन्दर अनि सानो बस्तीको एउटा मुख्य समस्या हो सिचाई । केलादीका धन बहादुर भुजेललाई आफनै घरमा टमाटर करेला लगाएतका धेरै थरी तरकारी उत्पादन गरि खान संगै बजारमा लगेर बेच्ने मन छ । मन भएर मात्रै के गर्नु खेती लगाउन पानी चाहिन्छ अनि गाउमा सीचाईको सुबिधा नै छैन ।
गाउँमा रहेको सबै खेतबारी बाझै छन् । पानीको समस्याले गर्दा कतैकतै लगायको केरा खेती पनि राम्रो हुन सकेको छैन् । गाउँमा पानीको सुविधा भए आफना बाझोे बारीमा खेती गरेर आत्मनिर्भर बन्ने चाहाना भने अद्यै मरिसकेको छैन यहाँको स्थानीयमा । स्थानीय टेक बहादुर गु?ङले सबै तरकारी बजार बाटै किनेर खानुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ । खानेपानिको त धौउधौउ रहेको केलादीमा खेती कसरी गर्न सकिएला त्यसैले पनि कुषिमा केही गर्न नसकिएको गु?ङले बताउनुभयो ।
२०६६ सालमा स्थापना भएको व्रिटीस गोरखा व्रिटीस ओयल फेयर नामक खानेपानी ट्ङकीबाट यहाका स्थानीयले खानेपानीको प्रयोग गदै आएका छन् । तर त्यो पानी खानका लागी पु¥याउन पनि गाहे छ । सिचाई गर्ने बारेमा कसरी सोच्नु , स्थानीयको एउटै चाहाना सिचाईको सुविधा भए अर्थोपार्जनमा टेवा पुग्थ्यो कि भन्ने हो । यस तर्फ ध्यान दिनका लागी स्थानीय हरी नारायण श्रेष्टले जनप्रतिनिधीलाई पनि आग्रह गनुभयो ।
गैडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले वडा समृद्धि बनाउन र वडाका समस्या समाधान गर्न काम गरिरहेको बताउनुभयो । स्थानीयको यो समस्यालाई आफुले पनि गम्भिर ?पमा हेरेको बताउदै स्थानीयको मागलाई सम्बोधन गदै तिवारीले भन्नुभयो ।
गाउँ नजिकै नदि छ तर गाउँमा भने सिचाईको अभाव छ । मिहेनती र लगनशिल केलादी बासीलाई सिचाईको सुविधा दिन सके गाउँ बिकास मा पनि ठुलो टेवा पुग्ने बताउदै अध्यक्ष तिबारीले आगामी बजेट बाट सिचाईको लागी पहल गर्ने बताउनुभयो । वडाध्यक्ष तिवारीले यसको लागी आफनो तर्फबाट सक्ने प्रयास गरिरहेको बताउनुभयो ।
कृषी प्रधान देशमा जलस्रोतमै बिश्वको दोस्रो ठुलो देशमा सिचाईका लागि पानीको अभाव छ भन्नु पनि हाम्रो लागि लाजमर्दो कुरा हो । हामीसंग भएका स्रोतलाई परिचालन गर्न सकियो भने कृषी क्षेत्र संगै देशको नै बिकास हुनेछ । केलादी सानो गाउ हो त्यहा सिचाईको सुबिधा पु¥याउन सके मात्र पनि स्थानीयको अर्थोपार्जनमा केहि सुधार हुने थियो र आफनै गाउमा उत्पादन गरेर खाद्यान्न तरकारी उपभोग गर्न पाउने थिए ।

Share.

Leave A Reply