गैँडाकोट २ मा वडा कार्यालयको शुभारम्भ

0

गैँडाकोट, ३ बैशाख । गैँडाकोट नगरपालिका वाड नं. २ मा सोमबार वडा कार्यालयको स्थापना भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले देश संघीतामा गइसके पछि केन्द्रीकृत अधिकार वडा तहमा आउने सन्दर्भमा गैँडाकोट २ मा वडा कार्यालय स्थापना भएको बताउनुभयो ।

गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटाले वडा कार्यालय संगसंगै बालमैत्री र वातावरण मैत्री वडाको रुपमा गैँडाकोट २ लाई बनाउनु आवश्यक रहेको बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले नगरपालिकाबाट प्राप्त हुने अधिकतम सेवा सुविधा अब वडा कार्यालयबाटै प्रवाह हुने बताउनुभयो ।

वडा कार्यालय स्थापना तथा शुभारम्भ कार्यक्रममा गैँडाकोट २ की वडा सदस्य शुभेच्छा प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल, वडा सदस्यहरु यदुनाथ सापकोटा, प्रकाश सापकोटा, सावित्रि दर्जी लगायतको उपस्थिति रहेको थियो ।

वडा कार्यालय स्थापना तथा समुद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएका गैँडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले वडा बाट वितरण हुने सेवा सुविधालाई आगामी दिनमा चुस्त दुरुस्त पार्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गैँडाकोट २ न्याय चोक नजिक पहिले विद्युत प्राधिकरण गैँडाकोट शाखाको सेवा कार्यालय रहेको भवनबाट वडा कार्यालयको सेवा दिन सुरु गरिएको हो ।

Share.

Leave A Reply