गैँडाकोट १ मा साढे २१ लाख राजश्व संकलन / २१ योजना सम्पन्न

0


गैँडाकोट, १९ बैशाख । गैँडाकोट नगरपालिका वाड नं. १ मा चैत्र मसान्तसम्म साढे २१ लाख राजश्व संकलन भएको छ । गैँडाकोट १ का वडा कार्यालय सचिव पदमप्रसाद अधिकारीका अनुसार चैत्र मसान्तसम्म २१ लाख ५५ हजार २ सय ४५ रुपैँया कुल राजश्व संकलन भएको छ ।


यसैबीच बैशाख १४ गतेको नगरसभामा वितरण गरिएको योजनाको रिपोर्टमा गैँडाकोट १ मा १० वटा मात्र योजना सम्पन्न भनिए पनि २१ वटा योजना सम्पन्न भई भुक्तानीका लागि सिफारिस भइसकेको वडा सचिव अधिकारीले बताउनुभयो । विविध कोषबाट २ योजना थप भएको हुँदा कुल ३८ वटा योजनामध्ये २१ वटा योजनाको काम सम्पन्न भएको छ । १० वटा योजनामा सम्झौता भइ काम भइरहेको अधिकारीले बताउनुभयो । सात वटा योजनामा भने सम्झौता हुन बाँकी रहेको छ ।

Share.

Leave A Reply